एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १६:१७:४९
१७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालको सत्ता समीकरण परिवर्तन हुने संकेत दिएको छन् । एमाले उच्चस्रोतका अनुसार अध्यक्ष ओलीले एमालेका तर्फबाट सरकारमा गएका मन्त्री र सांसदहरूलाई उपत्यका नछोड्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि ओलीले यस्तो निर्देशन दिएका हुन् ।
सरकारमा गएका एमाले मन्त्रीहरूलाई कुनै पनि बेला सरकारबाट बाहिरिनुपर्ने अवस्था आउन सक्छ, त्यसैले तपाईहरु हाइअलर्टमा बस्नु होला, ओलीको निर्देशन सुनाउँदै एमाले उच्च स्रोतले नेपालबहससँग भन्यो,‘अब सत्ता समीकरण परिवर्तन हुने भयो । पहिले कांग्रेसबाट प्रधानमन्त्री बन्छ होला ।’ ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालकोट निवासमा बोलाएपछि सत्ता समीकरण फेरबदल हुने चर्चा सुरु भएको थियो ।
उक्त स्रोतले भन्यो, ‘समीकरण फेरिएपछि पहिले नेपाली कांग्रेसले नेतृत्व गर्ने र त्यसपछि एमालेले आम चुनाव गराउने गरी सरकारको नेतृत्वमा जाने मोटामोटी सहमति छ । तर, यसै भनिहाल्ने अवस्था छैन । नेताहरु छलफलमा जुटिसकेका छन् । भोलिसम्ममा केही रिजल्ट आउला ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार