कफी उत्पादक कृषकलाई अनुदान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १६:५२:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/coffee_xXv9Ym4SOH_GmYaq5o1jy.jpg)
१७ असार, धुलिखेल । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान उपलब्ध गराएको छ । ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत कृषकलाई अनुदान वितरण गरिएको हो ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत महिलालाई उद्यमशील बनाउन सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । चालु आर्थिक वर्षमा कफी उत्पादक कृषकलाई समूहगत रुपमा रु २१ लाख अनुदान वितरण गरिएको उहाँले जानकारी दिए ।
अध्यक्ष थिङका अनुसार पालिकाले सामूहिक उत्पादनमा जोड दिँदै कृषक समूह बनाएर १९ समूहलाई अनुदान वितरण गरेको छ । उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले एक वर्षमा १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरेको पालिकाले जनाएको छ । उत्पादनका आधारमा उक्त सहकारीले रु चार लाख ६३ हजार ३३ अनुदान लिएको छ । खानीखोलामा वार्षिक ६६ हजार टन कफी उत्पादन हुने गरेको छ ।
कफी खेतीबाट वार्षिक रु चार करोडको आम्दानी लिने गरेको कृषक बताउँछन् । पालिकामा कफी उत्पादनको सम्भावना भएकाले ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ भन्ने नारालाई अघि सारेर प्रतिकेजी रु ३५ का दरले अनुदान दिँदै आएको अध्यक्ष थिङले बताए । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीन गुणाले कफी उत्पादनमा वृद्धि भएको छ । गत वर्ष रु सात लाख अनुदान वितरण गरिएको थियो ।
गृहिणी महिलालाई घरमा बसेर पनि आम्दानीको स्रोत पहिल्याउन सहज बनाउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा गृहिणी महिला सीपमूलक तालिम सम्पन्न गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र खानीखोला गाउँपालिकाको साझेदारीमा सञ्चालित महिला सशक्तिकरण कार्यक्रममा साबुन र सरफ बनाउने तालिम दिइएको अध्यक्ष थिङले बताए ।
वडा नं ५ र ६ का महिलालाई लक्षित गरेर साबुन बनाउने तालिम र वडा नं ४ मा अचार बनाउने तालिम आयोजना गरिएको पालिकाले जनाएको छ । जागरण नेपालको आयोजनामा भएको तालिममा वडा नं ५ र ६ का ५० र अचार बनाउने तालिममा २५ जना महिलाको सहभागिता थियो । तालिमले उद्यमशील बनाउनाका साथै आयआर्जनमा वृद्धि गर्ने भएकाले आफूले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष थिङले सहभागीलाई आग्रह गरे ।
स्थानीय महिलाको माग र आवश्यकताका आधारमा स्थानीय उत्पादनमार्फत उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरिएको भन्दै तालिमपश्चात् महिला स्वरोजगार हुनाका साथै स्थानीय उत्पादनमार्फत आत्मनिर्भर बन्ने उहाँले विश्वास व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले तालिमले खानीखोलाका महिला तथा कृषक समूहमा उत्साह छाएको बताए । स्थानीय उत्पादन र सीपको मूल्याङ्कन गरी सहयोगी निकाय तथा पालिकाको समन्वयमा उत्पादनशील कार्यमा पालिका सधैँ साथमा रहने उनको भनाइ छ ।
समापन कार्यक्रममा सामाजिक विकास संयोजक एवं वडा नं ४ का वडाध्यक्ष निशान मोक्तान र पूर्वाधार विकास संयोजक एवं वडा नं ५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले महिला र युवा जनशक्तिलाई उत्पादनमूलक कार्यमा व्यस्त बनाउन तालिम प्रदान गरिएको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने उनीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार