भेटघाटले अर्कै संकेत दिएपछि सत्ता समीकरणको बचाउमा लाग्यो प्रधानमन्त्रीको सचिवालय
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १७:३२:४८
१७ असार, काठमाडौं । शनिबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालकोटमै बोलाएर लामो छलफल गरेपछि तरंगित बनेको नेपाली राजनीतिले भोलिका दिनमा कुन मोड लिन्छ भन्ने कुरा गर्भमै छ । आइतबार ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको गोप्य छलफलले राजनीतिमा केही हुन लागेको हो कि भन्ने थप आशंका बढाएको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा बिहान ९ देखि मध्याह्न १२ः३० बजेसम्म छलफल भएपछि यो छलफलका विषयमा प्रष्टीकरण दिन प्रधानमन्त्रीको सचिवालयको टोली नै सञ्चार माध्यममा उत्रनुपरेको छ । बालकोटमा के विषयमा छलफल भयो, आइतबार ओली र प्रचण्डले के विषयमा छलफल गरे र आज सोमबार साढे तीन घण्टा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच के कुरा चल्यो भन्ने कुरा यी तीन नेतामै सीमित छ । यो छलफलले बाहिर आएको भनेको टीआरसी विधेयकलाई निष्कर्षमा पुर्याउन कार्यदल गठन ।
यो बाहेक यी तीन नेता बीचको भेटघाटको अन्तर्य खुलेको छैन । राजनीतिक समीक्षा भने सत्ता समीकरण परिवर्तन हुने कुरामै छ । यसमा पनि पहिलो प्रधानमन्त्री कांग्रेस कि एमाले भन्नेमै छ । प्रधानमन्त्रीसँग भेटेर अध्यक्ष ओलीले एमालेका तर्फबाट सरकारमा गएका मन्त्री र सांसदहरूलाई उपत्यका नछोड्न निर्देशन दिएको भनिएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि ओलीले यस्तो निर्देशन दिएकाले सत्ता समीकरण परिवर्तन हुने सम्भावना बढेको छ ।
तीन नेताको बाक्लो भेटघाटले समीकरण फेरिने हल्ला चल्न थाले पनि त्यसको बचाउमा प्रधानमन्त्रीको सचिवालय लागेको देखिन्छ । सोमबार प्रधानमन्त्री र ओलीबीच भएको छलफलको प्रतिक्रियामा समीकरण तलमाथि नहुने भन्नेमा केन्द्रित देखिन्छ । सचिवालयका तीन सदस्यको एकैपटक प्रतिक्रिया आएकाले पनि बचाउमा लागेको देखियो ।
प्रधानमन्त्री र ओली बीचको भेटलाई सरकारका काम–कारबाहीलाई अझ सशक्त बनाउने विषयमा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको बुझाइ छ । उहाँहरूबीच सरकार सञ्चालन र समसामयिक विभिन्न विषयमा छलफल भयो । अझै प्रभावकारी ढंगले काम गर्ने, यो सत्ता समीकरण मिसन ०८४ सम्म लैजाने उद्देश्यले भएको हो, त्यसैले अझै बलियो बनाएर लैजाने कुरा भएको आचार्यले एउटा सञ्चारमाध्यामलाई प्रतिक्रिया दिएका छन् । यो कुरा उनले बाह्रखरीलाई बताएका हुन् ।
हल्ला त केहीको एजेन्डा हो । सरकार कमजोर धरातलमा बनेको होइन, कोही आएर केही दिन्छु भनेर भत्किने । त्यो अवस्था हिजो पनि थिएन र आज पनि छैन । यसमा दुई नेताबीच कुनै आशंका नै छैन । बाहिर आशंका भएको हो, आचार्यले भनेका छन् ।
प्रधानमन्त्रीका अर्का सल्लाहकार रमेश मल्लले भेटमा दुई शीर्ष नेताहरूले नयाँ गठबन्धनका बारेमा कुनै सम्भावना नरहेको निष्कर्ष निकाले प्रतिक्रिया दिएका छन् । छलफलपछि प्रचण्ड–ओलीको भेटको निष्कर्ष सुनाउँदै मल्लले भनेका छन् ‘हामीहरूबीच केही कन्फ्युजन छैन । कांग्रेस–एमाले मिलेर सरकार बनाउने भन्ने विषय बजार हल्ला मात्रै हुन् । हामी सरकारको काम र साझेदार दलहरुबीचको सम्बन्ध सुदृढ बनाउने बारे छलफल गरिरहेका छौं । बाहिर अर्को हल्ला छ । मल्लले नेपाल प्रेससँग गरेको कुरा हो यो ।
यतिमात्र हैन, प्रधानमन्त्रीकी छोरीसमेत रहेकी गंगा दाहालले त अनलाइन खबरमा अन्तर्वार्ता नै दिएकी छन् । ‘उहाँहरू दुई महत्वपूर्ण दलको महत्वपूर्ण नेता भेट्नु पनि कुनै अनौठो मान्नुपर्ने विषय होइन । संवाद पनि भइराख्नु पर्छ । तर पछिल्लो समय दुई नेताको बीचमा संवाद नै हुन नसकेको हो कि जस्तो भइरहेको थियो । कतिले त बोलचालै छैन जस्तो पनि ठाने होलान् । त्यसैले भक्तपुर गएका बेला अध्यक्ष ओलीको घरमा भेट भएको हो । यसमा अन्यथा केही छैन ।’ उनले भनेकी छन् ।
यसरी प्रधानमन्त्रीको सचिवालयबाट जति सक्दो चाँडो सत्ता समीकरणलाई बचाउ गर्न हतार गर्नुपर्ने खालका कुरा यो भन्दा अगाडि आएका थिएनन् । भित्र जे छलफल भएपनि यी भेटघाट नेकपा एमाले कांग्रेससँग मिलेर सरकार बनाउने भन्दै बाहिर चलेको हल्ला निराधार भएको कुरा असत्य हो भन्न प्रधानमन्त्रीले सचिवालयले भन्न खोजेको प्रष्टै भयो ।
तर, सचिवालयको प्रयास सफल नहुने देखिएको छ । एमाले अध्यक्ष ओलीले आफ्ना मन्त्रीहरूलाई हाइअलर्ट रहन निर्देशन दिनु र सांसदलाई उपत्यका नछोड भन्नुले केही हुन्छ भन्ने संकेत गरेको छ । ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको हो । कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठकमा छलफल पनि गरिरहेकै छन् । ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउने बारे गृहकार्य अघि बढेको आँकलन छ । त्यसो त प्रचण्ड पनि कांग्रेससँग निरन्तर संवादमा रहेको बताइन्छ । जे भएपनि सत्ता समीकरण धरमरमा छ भन्ने यो संकेत हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार