मन्त्रिपरिषद बैठकमा एमालेका दुई मन्त्री मात्र सहभागी, उच्च तहका नेतालाई ओलीले बोलाए बालकोट
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १७:३४:१०
१७ असार, काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने हल्ला चलेपछि सोमबार बसेको मन्त्रिपरिषद बैठकमा एमालेका दुई जना मन्त्री मात्र सहभागी भएका छन् । उच्च स्रोतका अनुसार रक्षा मन्त्री हरिप्रसाद उप्रेती र कृषिमन्त्री ज्वालाकुमारी साह मात्र उपस्थित रहेका छन् । अरु एमालेका मन्त्रीहरू उपत्यकामै भएर पनि मन्त्रिपरिषदको बैठकमा सहभागी नभएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पदाधिकारी तहका उच्च नेतालाई भने बालकोट बोलाएको स्रोतले जानकारी दिएको छ । उनले पदाधिकारी तहका उच्च नेतालाई आकस्मिक छलफलका लागि बालकोट बोलाएका हुन् । राजनीतिक परिवर्तनका विषयमा केहीबेरमै ओलीले पार्टीका उच्च तहका नेतासँग छलफल गर्न लागेका हुन् ।
उता, नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बसिरहेको छ । देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा देउवाले एमाले अध्यक्षसँग भएको भेटबारे पार्टी नेताहरूलाई ब्रिफिङ गरेका छन् । पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले १५ असारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे जानकारी गराएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार