अनलाइन माध्यमबाट बालबालिकामाथि हुने हिंसा रोक्न सरोकारवाला प्रतिबद्ध
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १९:४७:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/child_9k5AODH3lN_S7BtxOQziP.jpeg)
१७ असार, काठमाडौं । बालबालिकामाथि डिजिटल माध्यमबाट हुने यौन हिंसा रोक्न माग गर्दै गैरसरकारी संस्था सिविन नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा सिविनले मन्त्रालयका उपसचिव एवं बाल संरक्षण तथा विकास शाखा प्रमुख दीपक ढकाललाई ज्ञापन पत्र बुझाएको हो।
संस्थाका कार्यक्रम निर्देशक कुमार भट्टराईले उपसचिव ढकाललाई १३ बुँदे ज्ञापनपत्र बुझाएका हुन्। पछिल्लो समय अनलाइनमा बालबालिकाको उपस्थिति बढेसँगै बालबालिकामाथि हिंसा र दुर्व्यवहारको नयाँ प्रवृत्ति देखिएको सिविनको ठहर छ। बालबालिकाले उचित र सही प्रयोगबारे पर्याप्त जानकारीबिना इन्टरनेट प्रयोग गरिरहेकाले उनीहरू यौनजन्य हिंसामा परेको निर्देशक भट्टराईले बताए।
'पीडकलाई कानुनी दायरामा ल्याउन चुनौतीपूर्ण छ। अनलाइनमा यौन शोषणमा परेका बालबालिकामा गम्भीर मानसिक समस्या देखिने गरेको छ। समयमै व्यवस्थापन गर्न नसके यसले विकराल समस्याको रूप लिनेछ,' उनले भने।
सिविनले स्थानीय तहमा बाल कल्याण अधिकारीको व्यवस्था गरी अनलाइन बाल संरक्षणसँग सम्बन्धित विषयमा जानकार एवं प्राविधिकको व्यवस्था गर्न माग गरेको छ। बालबालिकामाथि अनलाइनबाट हुने यौनजन्य हिंसासम्बन्धी विद्यालयको पाठ्यक्रममा समेटिएका विषयवस्तुलाई अध्यावधिक गरी शिक्षक, अभिभावक र व्यवस्थापन समितिलाई प्रशिक्षित गर्न माग गरिएको छ। जनस्तरमा जनचेतनामूलक कार्यक्रम आवश्यक पर्ने औंल्याइएको छ।
'नेपाल प्रहरीको साइबर ब्यूरोमा बालबालिकाको घटना हेर्ने छुट्टै डेस्कको व्यवस्था गरियोस्। सहज रिपोर्टिङ व्यवस्था गरियोस्। अनलाइन यौन हिंसाको सिकार भई मानसिक समस्यामा रहेका बालबालिकाको स्वास्थ्यमा ध्यान दिइयोस्। पीडक जहाँ र जस्तो अवस्थामा भए पनि कानुनी दायरामा ल्याइयोस्,' सिविनको सुझाव छ।
बालबालिकासम्बन्धी निर्माण गरिने नीति यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय, अपाङ्गता भएका एवं सीमान्तकृत समुदायको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्न सुझाइएको छ। सामाजिक सञ्जालमा राखिने भिडियोको समेत नियमन हुनुपर्ने सिविनको माग छ।
अनलाइन बाल संरक्षणका विषयमा संघ, प्रदेश र स्थानीय तहबाट कार्यक्रम तर्जुमा तथा बजेटको अनिवार्य विनियोजनको व्यवस्था गरिनुपर्ने माग सिविनको छ। 'नेपाल टेलिकम, एनसेललगायत सेवा प्रदायक नियकाय तथा संस्थालाई अनलाइनमा बाल संरक्षणको विषयमा निरन्तर सूचना प्रवाह गर्नुपर्ने बाध्यात्मक व्यवस्था मिलाइनुपर्छ। इन्टरनेट अनलाइनमा बालसंरक्षणका सवालमा गरिने जनचेतनामूलक कार्यक्रममा बालसमूह एवं किशोरकिशोरी सञ्जाललाई सहभागी गराइयोस्,' निर्देशक भट्टराईले भने।
इन्टरनेट अनलाइनमा बाल संरक्षणका सवालमा थप अध्ययन तथा अनुसन्धान गर्ने प्रक्रिया अगाडि बढाउन पनि सिविनले माग गरेको छ। देशका विभिन्न क्षेत्रका बालबालिकामाथि अध्ययन तथा अनुसन्धान गरेर सरोकारबालाकै अपेक्षामा सुझाव तयार पारिएको भट्टराईको भनाइ छ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव ढकाल, राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानिया, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजकुमार महर्जन, नेपाल प्रहरी साइबर ब्युरोका डीएसपी प्रधिन कार्की, सिविनका अध्यक्ष माधव प्रधान र सिविनकै कार्यक्रम निर्देशक माधव लोहनीले आ-आफ्नो धारणा राखेका थिए। सबैले बालबालिकामाथि अनलाइन माध्यमबाट हुने यौनजन्य हिंसा रोक्न प्रभाकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए। समारोहमा इन्टरनेट अनलाइनमा बाल यौन शोषणसम्बन्धी सचेतना पुस्तिका पनि विमोचन गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार