उपराष्ट्रपतिलाई अध्यक्ष बनाएर समानुपातिक सांसदलाई राष्ट्रिय सभा लगिने, दुवै सदनका सीट संख्या घटाइने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १०:४७:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/Kp-oli-and-Dauba_7PJnR6Fxjb_Z6gpStWhNr.jpg)
१८ असार, काठमाडौं । मध्यरातको सहमति अनुसार शासकीय स्वरूप अन्तर्गत निर्वाचन प्रणालीमा केही परिवर्तन गर्न संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले तयार भएका छन् । यसका लागि संविधान संशोधन गर्न संविधान संशोधन सुझाव आयोग बनाइने भएको छ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा सुझाव आयोग बनाइने सहमति छ ।
संविधान संशोधन गर्न सरकारमा दुईतिहाई आवश्यक भएकाले राष्ट्रिय सरकारको आकार दिइनेछ । यसमा सम्भव नभए कांग्रेस र एमालेपछि दुईतिहाई संख्या पुग्ने दललाई सामेल गरी संविधान संशोधन गरिनेछ । संविधान संशोधनबाट पहिलो चरणमा समानुपातिक सांसदहरूलाई राष्ट्रिय सभामा लगेर उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाइने सहमति छ ।
प्रदेश सभामा समानुपातिक प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित सांसद मात्रै रहने व्यवस्था गरिनेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको सीट संख्या घटाइनेछ भने पालिकाको संख्या घटाएर वडाहरूको संख्या बढाइनेछ । मुल यिनै विषयमा गएराति सहमति भएको कांग्रेसका एक नेताले नेपालबहसलाई जानकारी दिए ।
राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने तयारी छ । सुरुमा सरकारको नेतृत्व गर्ने एमालेले गर्नेछ । मन्त्रालयका बारे एमाले ९ र कांग्रेसले १० मन्त्रालय लिने प्रारम्भिक समझदारी छ । राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था आए यसका हेरफेर हुनेछ ।
कांग्रेसका ती नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् । संविधानको धारा ७६.२ अन्तर्गत सरकार बनाउने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअशोक राई नेतृत्वको जसपाका मन्त्रीले राजीनामा दिने
असार २०, २०८१ बिहिबार
प्रधानमन्त्रीले साथदिन भनेपछि गोजीबाट राजीनामा नझिकि फर्किए रास्वपाका मन्त्रीहरू
असार २०, २०८१ बिहिबार
नेकपा एसको महाधिवेशन: २१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी चयन गर्दै
असार २०, २०८१ बिहिबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
मुगुका ३५ जना उत्कृष्ट किसान पुरस्कृत
असार २०, २०८१ बिहिबार
फौजी कीराले मकैबाली नष्ट
असार २०, २०८१ बिहिबार
कोशीदेखि सुदूरपश्चिमसम्म आज भारी वर्षा
असार २०, २०८१ बिहिबार
अशोक राई नेतृत्वको जसपाका मन्त्रीले राजीनामा दिने
असार २०, २०८१ बिहिबार
बिहीबार तोलामा १६ सयले बढ्यो सुनको मूल्य
असार २०, २०८१ बिहिबार
प्रधानमन्त्रीले साथदिन भनेपछि गोजीबाट राजीनामा नझिकि फर्किए रास्वपाका मन्त्रीहरू
असार २०, २०८१ बिहिबार