युरोकपमा आज अष्ट्रिया र टर्की भिड्दै
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १०:५१:५२
१६ असार, काठमाडौं । जारी युरोकपको नकआउट चरणमा आज राति अष्ट्रिया र टर्कीबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार राति १२:४५ बजेदेखि शुरु हुँदै छ ।
अष्ट्रिया समूह डी मा समूह विजेता हुँदै नक आउट चरणमा पुगेको हो । अष्ट्रियाले ३ खेलमा दुई खेल जित र एक हारसहित ६ अंक बटुलेर शीर्ष स्थानमा रहेको थियो । अष्ट्रिया पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा नेदरल्याण्डसलाई ३-२ ले पराजित गरेको थियो ।
त्यस्तै टर्की समूह एफमा दोस्रो हुँदै नक आउट चरणमा पुगेको छ । टर्कीले ३ खेलमा २ जित र एक हार बेहोरेको थियो । टर्कीले पहिलो खेलमा जर्जियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा पोर्चुगलसँग ३-० ले पराजित भएको थियो भने तेस्रो खेलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
टर्की र अस्ट्रियाबीच अहिलेसम्म कुल १७ खेल भएको छ । जसमा टर्कीले ७ खेल जितेको छ भने अष्ट्रियाले ९ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेल बराबरी भएको छ ।
युरोकपमा टर्की अहिलेसम्म छैटौ पटक खेल्दै छ भने अहिलेसम्मको उत्कृष्ट प्रदर्शन २००८ मा सेमिफाइनलमा पुगेको थियो । त्यस्तै अष्ट्रिया अहिलेसम्म चौथो पटक युरोकप खेल्दै छ भने दोस्रो पटक नक आउट चरणमा पुगेको छ । यस अघि २०२० को युरोकपमा अष्ट्रिया नक आउट चरणबाट बाहिरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
मंसिर १०, २०८१ सोमबार