युरोकपमा आज रोमानिया र नेदरल्याण्डस भिड्दै
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १०:५६:२५
१८ असार, काठमाडौं । जारी युरोकप अन्तर्गत आज रोमानियाले नेदरल्याण्डसको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ९:४५ बजेदेखि शुरु हुँदै छ ।
रोमानिया समूह ई मा ३ खेलमा एक जित एक बराबरी र एक हारसहित चार अंक बटुलेर शीर्ष स्थानमा रहँदै नक आउट चरणमा पुगेको हो । रोमानियाले पहिलो खेलमा युक्रेनलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बेल्जियमसँग २-० ले हरेको रोमानियाले तेस्रो खेलमा स्लोभाकियासँग १-१ गोलको बराबरी खेलेको थियो ।
त्यस्तै नेदरल्याण्डस भने समूह डी मा तेस्रो हुँदै नक आउट चरणमा पुगेको छ । नेदरल्याण्डसले ३ खेलमा एक जित, एक बराबरी र एक हार बेहोरेको थियो । नेदरल्याण्डसले पहिलो खेलमा पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेको नेदरल्याण्डसले तेस्रो खेलमा अस्ट्रियासँग ३-२ ले पराजित भएको थियो ।
अहिलेसम्म नेदरल्याण्डस र रोमानियाबीच कुल १३ खेल भएका छन् । जसमा नेदरल्याण्डसले ९ खेल जितेको छ भने रोमानियाले एक खेल जितेको छ । त्यस्तै ३ खेल बराबरी भएका छन् ।
रोमानिया छैटौं पटक युरोकप खेल्दै छ । रोमानियाको युरोकपमा उत्कृष्ट प्रदर्शन २००० मा क्वाटरफाइनलसम्म पुगेको थियो । त्यस्तै नेदरल्याण्डसले यो सहित ११औ पटक युरोकप खेल्दै छ भने अहिलेसम्मको नेदरल्याण्डसको उत्कृष्ट प्रदर्शन १९८८ मा युरोकपको उपाधि जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार