प्रदेशमा प्रत्यक्ष राखेर समानुपातिक निर्वाचन प्रणाली हटाइने
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार ११:१२:३५
१८ असार, काठमाडौं । संविधान संशोधनमार्फत प्रदेशबाट समानुपातिक निर्वाचन प्रणाली हटाइने भएको छ । गएराति नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार प्रदेशबाट समानुपातिक सांसद नराख्ने र प्रत्यक्ष निर्वाचित सांसद मात्रै राख्ने समझदारी बनेको छ ।
दुई दलबीच भएको सहमति आज मंगलबार सार्वजनिक गरिँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा हस्ताक्षर गरेपछि सहमति सार्वजनिक गिरिने बताइएको छ ।
नेताहरूका अनुसार दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको छ । संविधान संशोधनबाट प्रदेशमा भएको समानुपातिक निर्वाचन प्रणाली हटाइने सहमति भएको हो ।
राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदअनुरूपका कानुन समेत निर्माण गर्ने गरी भएको सहमतिमा सुरुमा केपी ओलीको नेतृत्वमा बन्ने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त जापानी राजदुत नेपाल आइपुगे
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार