उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार ११:४४:८
१८ असार, काठमाडौं । उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् । मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा उरुग्वे र पानामाले आ-आफ्नो खेल जितेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका हुन् ।
उरुग्वेले आफ्नो समूह चरणको अन्तिम खेलमा अमेरिकालाई १-० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेको जितमा खेलको ६६ औ मिनेटमा माथियास ओलिभेराले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि उरुग्वेले समूह चरणका तिनै खेल जितेर समूह सी मा शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ ।
त्यस्तै समूह सी को आजै सम्पन्न अर्को खेलमा पानामाले बोलिभियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि पानामाले ३ खेलमा दुई जितसहित ६ अंक हासिल गर्दै समूह सी मा दोस्रो भएर क्वाटरफाइनलमा पुगेको छ । योसँगै समूह सी बाट अमेरिका र बोलिभिया प्रतियोगिताबाट बाहिरिएका छन् । अब क्वाटरफाइनलमा उरुग्वेले समूह डी को उपविजेता र पानामाले समूह डी को विजेतासँग खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार