एआईजी कि हबल्दार मेजर ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १२:३७:८
![](https://nepalbahas.prixacdn.net/media/albums/apf_jDypZ0boAY_RIN7DwUCyO.png)
१८ असार, काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमले स–साना विषयमा पनि चासो दिँदा मुख्यालयभित्र हलचल पैदा भएको छ । एआईजी गौतमले सिपाहीदेखि अधिकृतसम्मका व्यक्तिलाई पिटी परेडमा हाजिर गराउन थालेपछि हल्चोकमा हलचल पैदा भएको हो ।
सामान्य हबल्दार मेजरले गर्ने काममा आफ्नै हस्ताक्षरले पत्राचार गर्दै रातोदिन काम गरिरहेका कर्मचारीलाई पनि कारवाही गर्ने धम्की दिन थालेपछि सिपाहीहरूले समेत उनी एआईजी हुन कि हवल्दार मेजर हुन भन्ने प्रश्न गर्न थालेका छन् । गेटमा पहरा दिनेदेखि अहिले रातभरी बसेर आर्थिक वर्षको काम गर्ने लेखा र कम्प्युटरमा काम गर्ने कर्मचारीलाई दुख दिने थालेपछि यस्तो प्रश्न गरिएको एक सिपाहीले दुखेसो पोखे । उनकै कारण यतिखेर सशस्त्र प्रहरीको प्रशासन विभाग अस्तब्यस्त बनेको छ । अझ भन्ने हो भने कर्मचारीमा आतंक र हिनताबोध समेत बढेको छ ।
हलचोक मुख्यालयमा हरेक शुक्रबार पिटी र आइतबार निरीक्षण हुन्छ । त्यसमा ड्युटीमा परेका बाहेक कर्मचारी उपस्थित हुने गर्छन् । मुख्यालय भनेको बिहानैदेखि कार्यालयको काम चलायमान हुने ठाउँ हो । यहाँ गण गुल्ममा वा अन्य तालिम केन्द्रमा जस्तो पिटी परेड भन्दा अफिसियल काममा ध्यान दिइन्छ तर एआईजी गौतमको ध्यान संगठनका ठूला योजना भन्दा पिटी परेडमा कोको आए - आएनन् , निरीक्षणमा कोको आएनन् भनेर गन्ती गर्नेको संख्या गन्नेमा गएको छ । ‘एआईजीले नीति नियमको काम गर्ने हो पिटी परेड हवल्दार मेजरले खेलाउने र खटाउने हो, केही काम नपाए जसरी एआईजी आफै पिटी परेडमा कुदि हिँडिरहेका छन्, नीतिगत काममा ध्यान छैन,’एक सिपाहीले गुनासो गरे ‘यिनका गतिविधिले अवकाशपछि सलाम गर्न हात पनि उठ्दैन ।’
संगठनको नीति योजना बनाउनुपर्ने दर्जा पिटीको हाजिर हेर्न र कति आए भनेर गन्ती गर्न सीमित छ । यो त हवलदार मेजरले गर्ने काम हो, मुख्यालय श्रोत भन्छ । मुख्यालयका एक अधिकृत भन्छन् ‘खासमा यहाँ अफिसियल काम धेरै हुन्छ , कति शाखाहरु २४ घन्टा नै काम गर्नुपर्ने खालका छन् , तर पिटी परेडको आतंकले काम गर्ने जाँगर र उर्जा मर्दै गएको छ । यो कस्तो मानसिकताले काम हुँदै छ बुझ्न सकिएन ।’
एआईजी गौतमको कारण प्रशासनको काम कारबाही अस्तब्यस्त बनेको समेत उनले बताए । बिना योजना गण गुल्म सरुवा गर्छु भन्दै हिँडेका उनी त्यसमा असफल भए । मुख्यालयमा काजका मानिस नराख्ने भन्ने तर आवश्यकता अनुसार दरबन्दी मिलाउन भन्दा भर्खरै मात्र गरिएको एसपी र डीएसपी सरुवामा आफ्ना मान्छेलाई मिलाउने काम मात्र भएको धेरैको बुझाइ छ । काजमा नराख्ने भए दरबन्दी मिलाउन सक्नुपर्यो नत्र पक्षपातपुर्ण कार्य गरेर ठूला कुरा किन ? ती अधिकृतले प्रश्न गरे ।
अझ रोचक त के छ भने केही समय अघि ४८ घन्टा भित्र काजका कर्मचारीको रवाना गर्नु भन्ने आदेश दिने गौतम अहिले ५ दिन भित्र भन्न थालेका छन् । उनको यो आदेशले पनि हावा खान्छ, श्रोत भन्छ । यसैगरी हाजिर अनुसार कार्य विभागमा ५८२ मा मध्ये १५१ जना बिदामा रहेका छन् , सीमा भागमा ८२ मा १५ बिदा तर गौतमको मानव श्रोत विभागमा ४८८ मा २८८ बिदामा देखिएको पनि स्रोतले जनाएको छ । उनकै विभागमा धेरै कर्मचारी विदा देखिँदा पनि उनी लाचार रहेको मुख्यालयका एक अधिकृतले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
के देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
गोप्य सूचना संकलन ‘खुला अन्तरक्रिया’ नगरकोटबाट शुरु हुँदै
असार १५, २०८१ शनिबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
मुगुका ३५ जना उत्कृष्ट किसान पुरस्कृत
असार २०, २०८१ बिहिबार
फौजी कीराले मकैबाली नष्ट
असार २०, २०८१ बिहिबार
कोशीदेखि सुदूरपश्चिमसम्म आज भारी वर्षा
असार २०, २०८१ बिहिबार
अशोक राई नेतृत्वको जसपाका मन्त्रीले राजीनामा दिने
असार २०, २०८१ बिहिबार
बिहीबार तोलामा १६ सयले बढ्यो सुनको मूल्य
असार २०, २०८१ बिहिबार
प्रधानमन्त्रीले साथदिन भनेपछि गोजीबाट राजीनामा नझिकि फर्किए रास्वपाका मन्त्रीहरू
असार २०, २०८१ बिहिबार