ओलीको आग्रह विपरित प्रधानमन्त्री: गलेर राजीनामा नदिने, विश्वासको मत सामना गर्ने
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार ११:५४:११
१८ असार, काठमाडौं । राष्ट्रिय सरकार गठनका लागि राजीनामा दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् । उनले संविधान चलाउन खोजेकाले यसमा माओवादीको साथ नमिल्ने जवाफ दिएका छन् । प्रधानमन्त्री प्रचण्डले एक महिना प्रधानमन्त्रीमा रहेर विश्वासको मत सामना गर्ने बताएका छन् ।
माओवादी केन्द्रले पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको सहमतिपछि मंगलबार बालुवाटारमा बसेको नेकपा माओवादीको पदाधिकारी बैठकबाट विश्वासको मत लिने निर्णय गरिएको हो ।
बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले नेपालबहससँग भने, ‘प्रधानमन्त्रीलाई गलाउन खोजियो । सहमति तोडेर गएपछि गलेर पद छोड्ने कुरा भएन । विश्वासको मतको सामना गर्ने कुरा भएको छ । अझै कांग्रेस वा एमालेको सरकार बन्ने क्लिएर भएको छैन । प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके कुन धारामा जाने भन्ने निर्णय राष्ट्रपतिबाट हुन्छ । बहुमतको सरकार बन्ला । राष्ट्रिय सहमतिको सरकार बन्दैन ।,
यसअघि एमाले ओलीले प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा गर्न आग्रह गरेका थिए । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका ओलीले कांग्रेस र एमालेबीच मिलेर जाने सहमति भएकाले मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले ओलीलाई समझदारी कसरी भत्कियो भनी प्रश्न गरेका थिए । उनले संविधान चलाउने खोजेको हो भनी ओलीलाई सोधेका थिए । ओलीले मुख्य राजनीतिक मुद्दाहरूमा अहिले पनि समझदारी नै कायम रहने जवाफ दिँदै आफूलाई सघाउन आग्रह गरेका थिए ।
संविधान चलाउने कुरा गर्नुभएको छ । त्यो हामी सम्भव देख्दैनौँ । प्रचण्डले ओलीलाई भनेका थिए । संविधान नै मान्दिनौँ भनेर हिँडेका विप्लव समूहदेखि मधेशका केही पक्षसमेत स्वीकार्ने ठाउँमा आइपुगेका छन् । अब संविधान चलाउन थाल्नुभयो भने माओवादीले द्वन्द्व गर्नुपर्दैन, बहुआयामिक द्वन्द्व हुन सक्छ, प्रचण्डले ओलीलाई भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार