राष्ट्रिय सहमतिको सरकार बनाउने कांग्रेसको निर्णय, समझदारी पत्र भोलि अनुमोदन हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १२:२५:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/buda_BCqYK6v75w_Qev2PJx5o0.jpg)
१८ असार, काठमाडौं । नेपाली कांग्रेसले राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको समझदारीबारे पार्टी पदाधिकारीहरूलाई जानकारी गराएपछि यस्तो निर्णय भएको हो ।
आज बिहान देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी गराएका थिए । उनले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधान संशोधनमार्फत वर्तमान राजनीतिक व्यवस्थाको रक्षाका लागि एमालेसँग सहमति गरिएको बताएका थिए ।
पदाधिकारी र पूर्वपदाधिकारीको बैठक कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना भएकाले महत्वपूर्ण मुद्दामा आमजनतामा रहेको चासो र चिन्तालाई केन्द्रमा राखेर कांग्रेस र एमालेबीच सत्ता साझेदारीको समझदारी भएको बताए ।
उनले राष्ट्रिय सहमतिको सरकार बनाउने र एमाले अध्यक्ष केपी शर्मा ओली र सभापति देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने बताए । इच्छुक अन्य दलहरूलाई सरकारमा सामेल गर्ने उनले जानकारी दिए । अहिलेसम्मको समीक्षा र अनुभवबाट राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन पनि सँगसँगै अघि बढाउने प्रवक्ता महतले बताए ।
महतले सभापति देउवा र एमाले अध्यक्ष ओलीले सोमबार राति राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेको र भेटमा संविधान संशोधनको विषयलाई लिएर आयोग बनेको भन्नेमा कुनै सत्यता नभएको प्रष्ट पारे । बैठकले प्रतिपक्षमा रहेका दलहरूलाई छलफलमा बोलाउने निर्णय गरेको छ । छलफल साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुनेछ ।
छलफलमा राप्रपा, जनमोर्चा, लोसपा, जसपालाई बोलाउने निर्णय भएको छ । देउवाले एमाले र कांग्रेसबीचको समझदारीअनुसार बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने जानकारी गराएका थिए । एमालेसँगको समझदारीलाई अनुमोदन गर्न बुधबार बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको प्रवक्ता महतले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार