राष्ट्रिय सहमतिको सरकारबारे छलफल गर्न कांग्रेसले बोलायो राप्रपासहितका साना दल
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १२:४५:२४
१८ असार, काठमाडौं । नेकपा एमालेसँगको समझदारीपछि राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका साना दलसँग मंगलबार छलफल गर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवासमा बिहान बसेको पदाधिकारी बैठकले साना दलसँग छलफल गर्ने निर्णय गरेको हो ।
मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा राप्रपा, जनमोर्चा, लोसपा, जसपा लगायतका दललाई छलफलका लागि बोलाउने निर्णय भएको छ । देउवाले एमाले र कांग्रेसबीचको समझदारीअनुसार बन्ने सरकारको नेतृत्व आलोपालो हुने जानकारी दिनेछन् ।
राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधान संशोधनमार्फत वर्तमान राजनीतिक व्यवस्थाको रक्षाका लागि एमालेसँग सहमति गरिएको र राष्ट्रिय सरकारमा सहभागी हुन देउवाले साना दललाई आग्रह गर्ने बताइएको छ । बैठकमा संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार बन्ने, नभए संविधान अनुसार प्रकृया अघि बढ्ने निर्णय भएको छ ।
लोकतन्त्र र संविधान नै खतरामा परेको अवस्थामा प्रथम र दोस्रो दल एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको र यसमा साना दलको साथ खोज्न कांग्रेसले छलफलका लागि बोलाएको हो । पार्टी कार्यसम्पादन समितिको बैठक भोलि ९ बजे बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार