कांग्रेस पार्टी कार्यालय सानेपामा मनाइँदैछ गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी, नेताले गरे अवलोकन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १४:१३:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news722550._iX0p6qYpFY_itKZ1q0CNI.png)
१८ असार, काठमाडौं । नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गरेको छ । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा 'क्रान्तिदेखि शान्तिसम्म' ऐतिहासिक तस्बिर प्रदर्शनी गरिएको हाे । उक्त प्रदर्शनीकाे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यक्रम उद्घाटन गरि सुरु गरेका थिए ।
कांग्रेसले राखेको पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्ती कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएका छन् । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी सानेपा पुगेका हुन्।
पूर्वसभापति कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा कांग्रेसले फोटो प्रदर्शनी पनि गरेको छ । कार्यक्रममा एमालेका अध्यक्षसहित शीर्ष नेताहरू पनि पुगेका छन् । २०६२ र ०६३ को जनआन्दोलन र वृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका उनी पाँच पटक प्रधानमन्त्री भए । उनको निधन २०६६ साल चैत ७ गते भएको थियो ।
आज १८ असारदेखि कोइरालाको शताब्दी जन्मजयन्ती मनाउने गरी फरक–फरक सेसनका कार्यक्रम राखिएका छन् । सानेपामा जारी जन्मजयन्ती कार्यक्रमको पहिलो सेसन फोटो प्रदर्शनी राखिएको छ । प्रदर्शनीमा रहने सबै फोटो कोइरालासँग सम्बन्धित हुनेछन् । १५१ भन्दा बढी फोटो प्रदर्शनीमा राखिएको छ ।
‘२००७ सालदेखि २०६४ सालसम्मका इतिहासले समेट्ने फोटोहरू राखिएका छन् । ती सबै फोटो गिरिजाबाबुसँग सम्बन्धित हुन् । कोइरालालाई विमर्शको केन्द्रमा राखेर तीन शीर्षकमा बहससमेत हुने भएको छ । ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रुपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली वक्ताका रूपमा रहने छन् । उक्त बहसको सहजीकरण राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले गर्नेछन् ।
बहसको दोस्रो विषय ‘समुन्नतिको दोस्रो जग’ राखिएको छ । उक्त बहसमा लेखक हरि शर्मा, अच्युत वाग्ले र मञ्चला झाले धारणा राख्नेछन् । समुन्नतिको दोस्रो जग विषयक बहसको सहजीकरण अर्थविद् विश्व पौडेलले गर्नेछन् ।
जन्मजयन्तीमा नौलो कार्यक्रमका रूपमा फोटो पत्रकारलाई पनि वक्ताका रूपमा राखेर बहस गर्न लागिएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । ‘फोटो पत्रकारिताः जोखिम र अनुभव’ शीर्षकको छलफलमा फोटो पत्रकारहरू चन्द्रशेखर कार्की, गोपाल चित्रकार, विकास रौनियार र प्रकाश माथेमा वक्ता हुनेछन् । फोटो पत्रकारसँगको संवादलाई पत्रकार सुधीर शर्माले सञ्चालन गर्ने भएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पूर्वप्रधानमन्त्रीहरूलाई आमन्त्रण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूजीखोलाका बाढीपीडित ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन्
असार २०, २०८१ बिहिबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार
बाढी प्रभावित भन्छन्ः - 'बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो'
असार २०, २०८१ बिहिबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
अल्पमतका प्रधानमन्त्रीले जथाभावी गर्न मिल्दैनः एमाले
असार २०, २०८१ बिहिबार
भूजीखोलाका बाढीपीडित ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन्
असार २०, २०८१ बिहिबार
बेनी–जोमसोम सडकखण्डमा रातिको समयमा यात्रा नगर्न अपिल
असार २०, २०८१ बिहिबार
विश्वकप विजेता भारतीय क्रिकेट टिमसँग प्रधानमन्त्री मोदीको लन्च भेट
असार २०, २०८१ बिहिबार
सहकारी ठगीका विषयमा छलफल गर्न छानबिन समितिले बोलायो प्रहरी प्रमुख र गृहसचिव
असार २०, २०८१ बिहिबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार