योगिनी एकादशी व्रत : पाप नाश भई पुण्य पाइने विश्वास
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १६:५०:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/yogini_URNz55rfjm_a4Y7IpD6M7.jpg)
१८ असार, काठमाडौं । आषाढ कृष्णपक्षमा पर्ने योगिनी एकादशीको व्रत बस्नाले पाप नाश गर्ने विश्वास छ । यस दिनमा बिहान स्नान, प्राणायाम, सन्ध्यावन्दन गरी लक्ष्मीनारायण भगवान्को पूजा गर्नाले पुण्प्राप्त हुने जनविश्वास छ ।
हरिको दिन भएकाले खानुहुँदैन र यसोगर्दा शरीर स्वस्थ हुने धार्मिक विश्वास छ । कुवेरको सेवक हेममालीले शिव पूजा गर्न कुवेरलाई दैनिक फूल लैजाने गरेकामा एकदिन पत्नीको प्रेममा टाँसिएर फूल लिएर दरबारमा जान बिर्सिएकाले कुवेरले श्राप दिएको उल्लेख छ ।
त्यही श्रापले हेममालीका दुर्दिन सुरु भएर रोग, भोकले युक्त भए, वनमा भड्किँदै हिँड्न बाध्य भए । हिमालय पर्वतमा मार्कण्डेय ऋषिबाट योगिनी एकादशीको व्रत गर्ने उपदेश पाए । त्यसको प्रभावले सबै रोग निको भएर गुमेको पद र स्त्रीप्राप्त हुन्छ भन्ने मार्कण्डेयबाट सुनेपछि हेममालीले भगवान् पुण्डरीकाक्ष अर्थात् विष्णुको यथोपचार पूजाअर्चना गर्री पञ्चामृत स्नान गराएर चरणामृत आफ्नो र परिवारका सबै सदस्यका अंगमा छर्के र आफूले पिएका थिए ।
यस कर्मद्वारा कुष्ठ र चर्म रोगीको पीडा समाप्त हुने र रोगमुक्त हुन्छ भन्ने मानिन्छ । हेममालीले चन्दन, पुष्प, धूप, दीप, नैवेद्य आदि सामग्रीद्वारा पूजा गरेर प्रत्येक एकादशीका दिन विष्णु सहस्रनामको जप एवं भगवान् विष्णुको कथा सुने, परहिंसा त्यागे, कुनै किसिमको कुभलो चिताएनन्, यथासम्भव रातको समयमा जागरण गरे, भजन, कीर्तन एवं श्री हरिको स्मरण गरे ।
अन्त्यमा योगिनी एकादशी व्रतको यसरी विधिविधानपूर्वक पालना गरकाले सबै रोगव्याधिको अन्त्य भयो । मनमा आफन्तसित भिन्न भई बस्ने भावना हरायो र विछोड भएका वा छुट्टिएका परिवारजनँग मिलन भयो । त्यो हेममालीले सबै कर्म गरेर आषाढकृष्ण एकादशी योगिनीको व्रत अनुष्ठान गरेकाले रोग निको भएको, गुमेको मान र स्त्री प्राप्त भएको विश्वास गरिन्छ ।
त्यसैले सत्कर्ममा मन लगाई आँखाले प्रभुको दर्शन, कानले हरिकथा श्रवण, जिब्रोले प्रभुको कीर्तन गाउनु, नाकले प्रसाद सुँघेर लगाउनु, शिर प्रभुको चरणमा निहुराउनु, हातले मन्दिर सफा गरी प्रभुको पूजा र नमस्कार गर्नु, गोडाले तीर्थाटन र प्रभुको कथा भएको ठाउँमा जानु तव मनुष्य जीवन सफल हुन्छ भन्ने गरिएको हो ।
योगिनी एकादशीको व्रत बस्नाले ८८ हजारलाई भोजन गराए बराबर फल मिल्ने, यस कथालाई पढे वा सुनेमा पनि फल पाइने विश्वास गरिन्छ । विधिपूर्वक व्रतको पालना गर्नाले सबै पापबाट मुक्त हुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध
असार १०, २०८१ सोमबार
खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने
असार ७, २०८१ शुक्रबार
वाग्द्वारका पुजारी निकाल्न स्थानीयको अवरोध
असार ७, २०८१ शुक्रबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
लुम्बिनीमा सरकार बनाउन एमालेले थाल्यो पहल, प्रदेश प्रमुखलाई प्रक्रिया सुरु गर्न पत्र
असार २१, २०८१ शुक्रबार
ग्वार्को फ्लाई ओभर निर्माण तयारी तिव्र ( फोटो फिचर )
असार २१, २०८१ शुक्रबार
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध
असार २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीले विश्वासको मत फेस गर्नुपर्छः नेपाल
असार २१, २०८१ शुक्रबार
ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार
असार २१, २०८१ शुक्रबार
आमाको हत्या आरोपमा छोरा पक्राउ
असार २१, २०८१ शुक्रबार