पोखरा महानगरमा अख्तियारको छापा, मणिपाललाई १९ करोड छुट दिएको बारे अनुसन्धान सुरु
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १७:७:४१
१८ असार, पोखरा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई दिएको राजस्व छुटका विषयमा छानबिन थालेको छ । महानगरपालिकामा अख्तियारले छापा हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको हो ।
मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापास लगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियार पोखराको टोलीले महानगरपालिका पुगेर मणिपाललाई नक्सा पासबापत दिएको राजस्व छुटबारे सम्पूर्ण कागजात लिएर अनुसन्धान थालेको प्रवक्ता जगदिशचन्द्र शिवाकोटीले बताए । मणिपाल अस्पताल निर्माण भएर सञ्चालनमा आएदेखि नै नगरपालिकालाई राजस्व तिरेर नक्सा पास लिएको थिएन । भारतीय कम्पनीबाट अस्पताल पोखराकै नारायण पौडेल र आनन्दराज बतास मिलेर ३ अर्ब ४० करोडमा खरिद गर्दा महानगरलाई तिर्नुपर्ने राजस्वको जिम्मेवारी पनि पौडेल र बतासले लिएका थिए ।
पोखरा महानगरपालिकाले राजस्व असुल गर्नुका सट्टा मणिपाल अस्पतालले नक्सापास वापत महानगरलाई बुझाउनुपर्ने २१ करोड ५७ लाख ११ हजार ७९८ रुपैयाँबाट १ करोड ७५ लाख ५३ हजार रुपैयाँ मात्र लिएर १९ करोड ८१ लाख ११ हजार रुपैया कर छुट दिएको थियो । पोखरा महानगरपालिकाको १६ औं कार्यपालिका बैठकले निर्णय गरेर उक्त राजस्व छुट दिने बैठक पुस्तिकामा उल्लेख छ ।
महानगरका कार्यपालिका सदस्यहरू भने उक्त निर्णय नभएको र बैठकमा छलफल समेत नभएको बताउँदै आएका छन् । निर्णयमा उपमेयर मञ्जुदेवी गुरूङ संयोजक रहने राजस्व परामर्श समितिको सिफारिसमा त्यतिका राजस्व छुट दिने उल्लेख छ । राजस्व परामर्श समितिले भने त्यस्तो कुनै निर्णय र सिफारिस नगरेको बताउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार