न्यायिक समितिबाट एक सय १५ मुद्दाको मिलापत्र
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १७:३०:८
१८ असार, मनहरी 'मकवानपुर' । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्ममा एक सय १५ विभिन्न विवादका मुद्दाको मिलापत्र गराएको छ ।
उपप्रमुख राजेश बानियाँको अध्यक्षतामा बसेको बैठकले दुवै पक्षको उपस्थितिमा मिलापत्र गराएको न्यायिक समिति सचिवालयका अधिकृत सुजन तिमल्सिनाले जानकारी दिए । समितिमा गत आवका २८ सहित चालु आवको जेठ मसान्तसम्ममा दुई सय ३८ विवादका निवेदन दर्ता भएका थिए । उनले भने–“हामीले ३६ निवेदकलाई अदालत जान सल्लाह दिएका छौँ ।”
नगरभित्रका वडामा रहेका मेलमिलाप केन्द्रमा छलफल हुने गरेको र त्यहाँ टुङ्ग्यो नलागेका मुद्दा नगरको न्यायिक समितिमा आउने गरेको न्यायिक समितिका संयोजक एवं उपप्रमुख बानियाँले बताए । समितिले चार निवेदन फिर्ता गरेको, ११ वटा मुलतवीमा राखेको र तीनवटा निवेदन तामेलीमा राखेको छ ।
वडा मेलमिलाप केन्द्रमा छलफलको प्रक्रियामा ५२ निवेदन रहेका तथा न्यायिक समितिमा २९ निवेदन प्रक्रियामा रहेका छन् । प्रायजसो न्यायिक समितिमा जग्गा÷साँध सिमानासम्बन्धी र आर्थिक लेनदेनसम्बन्धी विवादका उजुरी बढी आउने गरेका छन् । समितिमा जग्गा÷साँध सिमानासम्बन्धी ६२, आर्थिक लेनदेनसम्बन्धी ५१, पतिपत्नीसम्बन्धी २१, बाटोसम्बन्धी २९, घरायसी÷अंशसम्बन्धी १९, ज्याला मजजुरी नपाएका १६, घरबहाल नपाएको÷कोठा खाली गरी पाउँ भन्नेबारे १४ तथा सहमति कार्यान्वयनका १२ उजुरी परेका सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार
रुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
पुष ३, २०८१ बुधबार