राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १७:४०:१०
१८ असार, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रस्ताव प्रस्तुत गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकमा लगानी सहजीकरणका लागि आवश्यक व्यवस्था गरिएको बताए । दफावार छलफलमा प्राप्त हुने सुझाव विधेयकमा समिटिने बताउँदै उनले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, अध्यादेशमार्फत ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका बारेमा जानकारी गराएका थिए ।
मन्त्री भण्डारीले भने, “लगानी सम्मेलनको तयारी गर्नुपर्ने अवस्था भएकाले तत्काल अध्यादेश ल्याउनुपर्ने अवस्था थियो । सरकारी तथा गैरसरकारी निकायसँग पर्याप्त छलफल गरेर त्यसका विविध पक्षहरुमा छलफल गरेर स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि सरकारले संविधानअनुसार नै अध्यादेश ल्याएको हो ।”
उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरू कृष्णबहादुर रोकाया, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, सोनामगेल्जेन शेर्पा, सुरेशकुमार आलेमगर, तुलसाकुमारी दाहाल, पदमबहादुर परियारलगायतले धारणा व्यक्त गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार १९ गते दिउँसो १ः१५ बजे बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेविरुद्धको मुद्धामा दुई न्यायाधीशको राय बाझियो
असार २०, २०८१ बिहिबार
अन्तर्राष्ट्रिय सीमाका विषयमा राष्ट्रिय सहमति भएको छः उपप्रधानमन्त्री श्रेष्ठ
असार २०, २०८१ बिहिबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
७३ जिल्लामा फैलियो डेङ्गु, सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह
असार २०, २०८१ बिहिबार
कति तोक्यो सरकारले धानको न्यूनतम मूल्य ?
असार २०, २०८१ बिहिबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेविरुद्धको मुद्धामा दुई न्यायाधीशको राय बाझियो
असार २०, २०८१ बिहिबार
अन्तर्राष्ट्रिय सीमाका विषयमा राष्ट्रिय सहमति भएको छः उपप्रधानमन्त्री श्रेष्ठ
असार २०, २०८१ बिहिबार
पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा संचालनमा
असार २०, २०८१ बिहिबार