कांग्रेस-एमाले गठबन्धनको पक्षमा उभिए राप्रपा र लोसपा
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १७:४७:३०
१८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन गर्ने सहमतिका साथ बनेको कांग्रेस र एमाले गठबन्धनको पक्षमा उभिएका छन् । राप्रपाको पदाधिकारी बैठकले संविधान संशोधन गर्ने दुई दलबीच भएको सहमति सकारात्मक भएको जनाएको छ ।
राप्रपाले सरकारमा सहभागिताको विषय परिस्थितिअनुसार निर्णय हुने जानकारी दिएको छ । संविधान संशोधन गर्ने कांग्रेस–एमाले गठबन्धनको प्रस्ताव राप्रपाले स्वागत गरेको हो । सरकार गठनको प्रक्रिया प्रारम्भ नभइसकेकाले त्यसबारे निर्णय नभएको राप्रपाको भनाइ छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि कांग्रेस–एमाले गठबन्धनको स्वागत गरेको छ । लोसपाका महामन्त्री डा. सुरेन्द्र झाले मधेस आन्दोलनले उठाएर थाती बसेको संविधान संशोधनको मुद्दा लिएर गठबन्धन बनेका कारण लोसपाले यसलाई स्वागत गरेको बताए ।
उनले सानो पार्टी भएर पनि निरन्तर प्रधानमन्त्री पदमा बस्दा प्रचण्डले हैसियत भुलेर दम्भ देखाएका कारण पनि अहिलेको गठबन्धन आवश्यक भएको बताए । ३२ सिट भएर पनि सरकारको नेतृत्व पाउँदा प्रचण्डमा जुन प्रकारको दम्भ देखिएको थियो र जुन ढंगले संसद्लाई बन्धक बनाउने काम भएको थियो त्यसबाट मुक्ति पाउन आवश्यक भइसकेको थियो, उनले भने ।
संविधान संशोधनमार्फत बाँकी मधेस आन्दोलन र अन्य आन्दोेलनका थाती रहेका मुद्दालाई सम्बोधन गर्न नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँ उभिनुपर्ने आवश्यक रहेको लोसपाको भनाइ छ । भूकम्प र कोरोना महामारीले ल्याएको आर्थिक मन्दीबाट देशलाई निकास दिन पनि मुख्य दलबीच सहमतिको आवश्यकता भएकाले यसमा आफ्नो सहमति रहने लोसपाले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार