खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार १९:६:३
![](https://nepalbahas.prixacdn.net/media/albums/khop_2_9II1rH15RQ_x1kVUEdGHZ.jpg)
१८ असार, खोटाङ । खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि आज जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जन्मिएदेखि १५ महिनासम्मका दुई हजार आठ सय ८१ तथा १६ महिनादेखि पाँच वर्षमुनिका ६ हजार चार सय २२ बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका (१३ किसिमका) खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईँले जानकारी दिए ।
उनले भने, “आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउन सबैको उत्तिकै भूमिका हुन्छ । सबैको समन्वय र सहकार्यमा पूर्ण खोप कार्यक्रमलाई सफल बनाउनुपर्छ ।”
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले स्वास्थ्य कार्यालयका प्रमुख चौलागाइँलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र प्रदान गरे । सो अवसरमा दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न सङ्घ संस्थालगायतलाई सम्मान गरिएको थियो । कोशी प्रदेशका १४ मध्ये खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने चौथो हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
असार २०, २०८१ बिहिबार
रारा तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
असार २०, २०८१ बिहिबार
७३ जिल्लामा फैलियो डेङ्गु, सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह
असार २०, २०८१ बिहिबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
नैतिक कर्तव्य बोधगरी गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : न्यायाधीश सुवेदी
असार २०, २०८१ बिहिबार
वर्षाले पुष्पलाल लोकमार्गमा क्षति
असार २०, २०८१ बिहिबार
आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
असार २०, २०८१ बिहिबार
अबको सरकार नदेखिने नसुनिने नभइ उदाहरणीय बन्नुपर्छ : महामन्त्री थापा
असार २०, २०८१ बिहिबार
मधेस प्रदेशमा बालश्रमिकको सङ्ख्या एक लाख ७२ हजार
असार २०, २०८१ बिहिबार
रारा तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
असार २०, २०८१ बिहिबार