नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार ८:१:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/jestha_nagarik1658311067_KO4Emt1Uu8_7Gr2Nkd355.jpg)
१९ असार, काभ्रेपलाञ्चोक । यहाँको नमोबुद्ध नगरपालिकाले ‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत ७० वर्षमाथिका छ हजारभन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नगरका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि, कर्मचारीलगायतको सहयोगमा छ हजार ६५ ज्येष्ठ नागरिकलाई टोलटोलमै स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
नगरको ११ वटा वडाका ६३ टोलमा एक हजार पाँच सय ३५ को रक्तचाप मापन, एक हजार चार सय ८३ को मधुमेह जाँच, आठ सय ६० को अन्य जाँच गर्नुका साथै सात सय ५२ जनालाई निःशुल्क औषधि वितरण गरिएको नगर स्वास्थ्य शाखा प्रमुख सुनिल केसीले जानकारी दिए । उनका अनुसार एक हजार चार सय ३५ जनालाई परामर्श प्रदान गरिएको छ ।
ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिकलाई घरदेलौ र पायक पर्ने स्थानमा स्वास्थ्य सेवा प्रदान गरेको र यस कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख कुनसाङ लामाले बताए । उनले ज्येष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा, मासिक घुम्ती स्वास्थ्य परीक्षण शिविर सञ्चालन, निम्न आयस्तर भएका र अति विपन्न वर्गको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
यसअघि नगरले १८ वर्षमाथिका सम्पूर्ण नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । नसर्ने रोगको वृद्धिदर बढ्दै गएको जनाउँदै नगरले रक्तचाप, मधुमेह (सुगर), अल्कालीन, प्रोटिन परीक्षण गरी मेथिनकोट अस्पतालबाट थप परीक्षण गराई एक वर्षसम्म निःशुल्क औषधि वितरण गरेको थियो ।
यसैबीच नमोबुद्ध नगरले चालु आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेको छ । चालु आवको गत चैत मसान्तसम्मको अवधिमा १५ महिनामुनिका दुई सय ३६ बालबालिका र १६ देखि ५९ महिनासम्मका दुई सय ३७ जना बालबालिकाले १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि सोमबार खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।
बालबालिकाले १६ महिनासम्ममा पाउनुपर्ने खोप सो अवधिमा नपाएको भए २३ महिनासम्ममा पूरा गरिन्छ । यसअघि विभिन्न मितिमा नगरका सबै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७७ वटै जिल्लाका सीडीओलाई कार्यक्षेत्र नछाड्न गृहसचिवको निर्देशन
असार २१, २०८१ शुक्रबार
देशका विभिन्न स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना
असार २१, २०८१ शुक्रबार
आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
असार २०, २०८१ बिहिबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा
असार २१, २०८१ शुक्रबार
जिपी फाउण्डेशनद्वारा बाल आश्रमलाई नगद सहयोग
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक
असार २१, २०८१ शुक्रबार
बारबर्दिया नगरअस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू
असार २१, २०८१ शुक्रबार
चन्द्रागिरि र एनआईसीबीच नवजात शिशुको मुद्दती खाता खोल्ने सम्झौता
असार २१, २०८१ शुक्रबार