युरोकपमा क्वाटरफाइनलको समीकरण पुरा
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार ९:१२:२३
१९ असार, काठमाडौ । जारी युरोकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । राउण्ड १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो । क्वाटरफाइनलमा पुग्ने ८ देशमा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, नेदरल्याण्डस, टर्की, इङल्याण्ड र स्वीजरल्याण्ड रहेका छन् ।
राउण्ड १६ मा स्पेनले जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो भने जर्मनीले डेनमार्कलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो भने फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेदरल्याण्डसले रोमानियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने टर्कीले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै इङल्याण्डले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने स्वीजरल्याण्डले इटालीलाई २-० गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको थियो । अब क्वाटरफाइनलमा स्पेनले जर्मनीको सामना गर्ने छ भने पोर्चुगलले फ्रान्सको सामना गर्ने छ । त्यस्तै नेदरल्याण्डसले टर्कीको सामना गर्ने छ भने इङल्याण्डले स्वीजरल्याण्डको समान गर्ने छ । अब क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुँदै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार