कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार ९:२३:३७
१९ असार, काठमाडौ । कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् । बुधबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा कोलम्बिया र ब्राजिल १-१ गोलको बराबरीमा रोकिएसँगै समूह डी बाट दुवै क्वाटरफाइनलमा पुगेका हुन् ।
यस खेलमा ब्राजिलले खेलको १२ औं मिनेटमा राफिन्हाको गोलमा सुरुवाती अग्रता लिएपनि खेलको ४५ औ मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोको गोलमा कोलम्बियाले बराबरी गरेको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।
यो बराबरीपछि समूह डी मा कोलम्बिया २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै ब्राजिलको ३ खेलमा एक जित र २ बराबरीसहित ५ अंक रहेको छ र दोस्रो हुँदै क्वाटरफाइनलमा पुगेको छ ।
समूह डी मा रहेका कोस्टारिका र पराग्वे भने समूह चरणबाटै बाहिरिएका छन् । अब क्वाटरफाइनलमा ब्राजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार