बर्दियामा यस वर्षकै सबैभन्दा बढी गर्मी, जनजीवन अस्तव्यस्त
इन्द्र रिजाल
बैशाख १४, २०७६ आइतबार ४:४५:२९
बर्दिया । बर्दियामा यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ ।
अत्याधिक गर्मीकै कारण जनजीवन र व्यवसाय प्रभावित भएका छन् । वैशाखको दोेस्रो सातामै बर्दियाको तापक्रमले ४५ डिग्री नाघ्नुका साथै दिनभरि तातो हावा ‘लू’चल्न थालेपछि यहाँको जनजीवन निकै अस्तव्यस्त बनेको हो ।
अत्याधिक गर्मीले गर्दा सर्वसाधारण न्यून सङ्ख्यामा मात्र घरबाहिर निस्कने गरेकाले व्यापार व्यवसाय सबैभन्दा बढी प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सानोश्री ताराताल कुशुम्बा बजारका कोषाध्यक्ष अमर भण्डारीले बताए ।
गर्मीकै कारण बर्दियाका अधिकांश विद्यालयलाई बिहान सञ्चालन गर्ने तयारी भइरहेको छ । अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल र विभिन्न मेडिकलमा ह्वात्तै बिरामी बढेका छन् । बिरामीकै चापले अस्पतालमा बेडको समेत अभाव हुन थालेको अस्पतालले बताएका छन् । गर्मी र चलेको तातो हावाले बिरामीको चाप बढेको अस्पतालका चिकित्सक बताउँछन् ।
गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डन डा सुवास पाण्डेले बताए । अत्याधिक गर्मीकै कारण बर्दियाका बालबालिकामा शरीर भरि रातो बिमिरा आउने र पाकेर घाउ बन्ने संक्रमण देखिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई प्रधानमन्त्रीको शुभकामना
पुष १६, २०८१ मंगलबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार
पदस्थापनाको माग गर्दे स्थानीय तहका कर्मचारी आन्दोलनमा
पुष १७, २०८१ बुधबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित ७ जनाको मुद्दामा सरकारी वकिलको बहस सकियो
पुष १७, २०८१ बुधबार