सोह्रखुट्टेमा सडक भासिएर बन्यो ११ फिट गहिरो खाल्टो
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार ११:५०:३८
१९ असार, काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा मुख्य सडक भाँसिएको छ । सोह्रखुट्टे चोकबाट बालाजुतर्फको सडक भासिएको हो । बुधबार सोह्रखुट्टे–बालाजु सडकखण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको प्रहरीले जनाएको छ ।
सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । बुधबार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेटअगाडि परेको खाल्डोमा मोटरसाइकल समेत खसेको थियो ।
चालकको तत्कालै सकुशल उद्दार गरिएपनि मोटरसाइकल भने केही घण्टापछि निकालिएको थियो। काठमाडौं महानगरपालिका,नेपाल प्रहरी र शस्त्र प्रहरीको सहायतामा चालक र मोटरसाइकलको उद्दार गरिएको छ ।
भाँसिएको ठाउँबाट पानी र बालुवा निस्किरहेको छ । अहिले सडक विभागले भासिएको स्थानमा बार लगाएर छेउबाट सवारी आवागमन सुचारु गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा
माघ ६, २०८१ आइतबार
७ वर्षमा चौथो पटक म्याद थप गर्दा पनि ४ किमी सडक कालोपत्र भएन
माघ ६, २०८१ आइतबार
बाढीपहिरोले क्षति पुर्याएको वीपी राजमार्ग कहिले बन्ला ?
माघ ५, २०८१ शनिबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार