कांग्रेसद्वारा सत्ता सहकार्य गर्ने सहमति अनुमोदन, राजीनामा दिएर बाटो खुल्ला गर्न प्रधानमन्त्रीसँग आग्रह
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार १२:०:२४
१९ असार, काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको हो ।
कार्यसम्पादन समितिको बैठकले पहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति अनुमोदन गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले दोस्रो चरणमा चुनावी सरकारको नेतृत्व गर्ने सहमति बैठकले अनुमोदन गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेस र एमालेको आगामी सरकार निर्माण गरेर जाने समझदारीको स्वागत गरेको बताए । सकेसम्म राष्ट्रिय सहमति जुटाउने, मुद्दामा मिल्ने दललाई समेटेर जाने निर्णय भएको उनले बताए ।
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । बैठकले मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको महतले बताए । प्रधानमन्त्रीले मार्ग प्रशस्त नगरे संवैधानिक प्रक्रिया आफ्नो ठाउँमा रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार