चुरे गाउँपालिकाद्धारा किसानलाई बाख्रा वितरण
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार १२:२५:५५
१९ असार, गोदावरी 'कैलाली । कैलालीको चुरे गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०८१ मा एक सय १२ किसानलाई खरी जातका बाख्रा वितरण गरेको छ । गाउँपालिकाले न्यून आयस्रोत भएका विपन्न, गरिब, असहाय र बाढीपीडित परिवारलाई प्राथमिकतामा राखेर बाख्रा वितरण गरेको हो ।
चुरे गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख धर्मराज भट्टका अनुसार चुरे–३ मा ५०, वडा नं ४ मा १४, वडा नं ५ मा १२, वडा नं ६ मा २६ र वडा नं ३ मा १० परिवारलाई बाख्रा वितरण गरिएको छ ।
पचहत्तर प्रतिशत गाउँपालिका र २५ प्रतिशत किसान स्वयंले व्यहोर्ने गरी प्रत्येक परिवारलाई अनुदानमा एक÷एकवटा बाख्रा वितरण गरिएको हो । “विदेश जानुभन्दा गाउँमै पशुपालन र कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न किसान लक्षित अनुदानका कार्यक्रम बर्सेनि बढाउँदै लगिने छ”, उनले भने ।
यसैगरी चुरे–५ मा प्रदेश सरकारको ५० प्रतिशत सशर्त अनुदानबाट रु पाँच लाखको लागतमा खोर सुधार कार्यक्रम अन्तर्गत खोर निर्माण गरिएको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा रु आठ लाखमा १६ बाख्रा नुहाउने ट्याङ्की निर्माण गरिनुका साथै र रु आठ लाखमा बोकालाई खसी बनाउने मेसिन किसानलाई वितरण गरेको पशु शाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोटेहाङले शुरू गर्यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
पुष २०, २०८१ शनिबार
६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३ प्रतिशत
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार