कांग्रेस कम्युनिष्टसँग मिल्नु राम्रो होइनः शशांक कोइराला
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार १२:५०:१३
१९ असार, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले कांग्रेस कम्युनिष्टसँग मिल्नु राम्रो नभएको बताएका छन् । कांग्रेस र एमालेबीच भएको सहमतिलाई लिएर कोइरालाले यस्तो भनाई राखेका हुन् । सरकार गठनकै लागि दुई ठूला दल मिल्दा मुलुक एकतन्त्रीय शासनतर्फ जानसक्ने खतरा बढ्ने बताएका छन् ।
नेपाल प्रेस युनियन सुनसरीले बुधबार इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष भनेको बलियो विपक्षी भएको बताए । दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्नसक्ने उनले बताए । सत्तापक्षको कमजोरीमा प्रश्न उठाउन नसक्ने विपक्षी भए कसरी लोकतन्त्र बलियो हुन्छ भन्दै कोइरालाले प्रतिप्रश्न गरे ।
कांग्रेसकै कारण कम्युनिष्ट स्थापित भएको दाबी गर्दै कोइरालाले नेपालमा कम्युनिस्टसँग मिल्नु हुन्न भन्ने पक्षमा आफ्नो मान्यता रहेको सुनाए । चुनाव हार्नासाथ उनीहरूसँग मिल्नुपर्ने केही कारण छैन । संघीयता कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न विकेन्द्रीकरणलाई पूर्ण रूपमा लागु गर्नुपर्ने कोइरालाको सुझाव थियो ।
राजनीतिक दलहरूले समेत आन्तरिक रूपमा विकेन्द्रीकरण अनुशरण गर्दै कार्यान्वयनमा जानुपर्ने कोइरालाले बताए । पार्टीको आन्तरिक लोकतन्त्र विकेन्द्रीकरणबाटै थप सुदृढ हुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार