‘रास्वपा’लाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा रुपान्तरण गरिएन भने भविश्य छैनः महामन्त्री ढकाल
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार १३:३६:३६
१९ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीलाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा आफूलाई प्रस्तुत गर्न नदिएको प्रस्तावमा उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्न के गर्ने ? भन्ने सय दिने प्रस्ताव पेस गरेका छन् ।
उनले यसका लागि दुई हप्ता तयारी गर्ने र त्यसपछि सभापति र उपसभापतिबाहेकका केन्द्रीय समिति सदस्यहरू दुई हप्ता गुप्तवासमै जानुपर्ने प्रस्ताव अघि सारेका छन् । ढकालले सार्वजनिक रूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गर्नुपर्ने बताएका छन् । ३८ जिल्ला पुगेर प्रतिवेदन तयार पारेका महामन्त्री ढकालले पार्टी निर्माणमा बौद्धिक नागरिक समाजको सहयोग खुलेर लिन पर्ने बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठक लाइभ नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप बाँधेर विरोधसमेत जनाएका थिए । प्रतिवेदनमा उनले पार्टीको आगामी कार्यदिशा निर्माणका लागि घोटिनुपर्ने पनि बताएका छन् ।
ढकालको प्रतिवेदनमा भनिएको छ, ’आजका दिनसम्म पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति नै भएकाले यही केन्द्रीय समितिले निर्णय गरिदेओस्, आगामी कार्यदिशा निर्माणका लागी हामी घोटिऔं । आशाको दियोलाई फेरि बालौं ।’
त्यस्तै पार्टी सभापति रवि लामिछानेमा मात्रै केन्द्रित भएको पनि उनको आरोप छ । उनले थप लेखेका छन्, ’राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं ।’
ढकालले आफ्नो व्यक्तिगत जीवनकै विषयमा केन्द्रीय सदस्यहरुले पनि टिप्पणी गरेको भन्दै लिखित प्रस्ताव पेस गरेका छन् । उनले सभापतिलाई लेखेको प्रस्तावमा भनेको छन्,‘गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि म तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठिक छ । तर निर्णय गरिदेओस् ।’
उनले जुन दिन निर्णय गर्न उपयुक्त हुन्छ त्यही दिन गरिदिन पनि सक्ने बताएका छन् । देश निर्माण र देश निर्माणका लागि जीवन नै समर्पण गरेको छु । गल्फ्रेन्डको कुरा गरेर, मलाई त केही पनि छैन, म सहुँला तर ती नारीप्रति सम्मान त गरिदिएको भए हुन्थ्यो । म जान पाइन, एकजना नारी जाने ? मेरो साटो भनेर रडाको मच्चाउँदा पनि सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानवअधिकारका कुरा, महिला अधिकारका कुरा ।
उनले विवाह बाहेकका पनि सबै बाँकी कुरा पार्टीले नै निर्धारण गरिदिन भनेका छन् । उनको प्रश्न छ– मैले विवाह गरेँ र छोराछोरी जन्मिए भने मैले आफ्नो इच्छाअनुसार गर्ने हो वा पार्टीको नीतिअनुसार ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार