गरुडामा बाँदरविरुद्ध किसान
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार १३:५७:३९
१९ असार, रौतहट । बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् । बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै जिल्लाको मध्यभाग गरुडा बजारको मूल सडकमा मेयर प्रत्याशी दीपक कुमार यादवको नेतृत्वमा गएका किसानहरुले प्रदर्शन गरेका हुन् ।
बाँदरले बालीनाली सखाप पारी आतंक मच्चाएको भन्दै बाँदर नियन्त्रणको माग गर्दै किसानहरु मंगलवारदेखी आन्दोलनमा उत्रेका छन् । बाँदर नियन्त्रणका लागि किसानहरुले मंगलवार गरुडा नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । प्रत्यासी यादवको नेतृत्वमा सयौंको संख्यामा गएका किसानहरुले मेयर कन्थमनी प्रसाद जयसवाललाई ज्ञापनपत्र बुझाएका थिए ।
गरुडा नगरपालिका वडा २ गेडही गुठि, ३ मलाहिटोल, वडा ४ गरुडा, वडा ८ बसबिटि जिंगडिया, गम्हरीया लगाएत गाउँका किसानको बालीनालीमा बाँदरले क्षति पुरयाएको भन्दै बाँदरको उचित व्यवस्थापन तथा नियन्त्रण गरिदिन माग गर्दै आएका छन ।
झण्डै चार सयको संख्यामा रहेको बाँदरको समुहले पछिल्लो चार वर्षदेखी गरुडा नगरपालिकाका किसानहरुले लगाउने धान, मकै, उखु, तरकारी लगाएत बालीनाली नष्ट गर्दै आएको नेता यादवले बताएका छन । वर्षभरीलाई पुग्ने खाद्यान्न बाँदरको हुलले एकैछिनमा सखाप पार्ने गरेका कारण धेरै मिहिनेत र लगानी गरेर बाली उब्जाउने किसानहरु निकै समस्यामा परेको किसानहरूले दुखेसो पोखेका छन् ।
२५ किलोमिटर भन्दा टाढा वनबाट आएको बाँदर फर्की जान नसकेर गरुडा नगर क्षेत्रको गाउँको छेउछाउमा बस्ने गरेको र किसानहरुको बालीमा क्षति पुरयाउने गरेका छन् ।
बाँदरले खेतबारीमा फल्दै गरेको मकै लगाएतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको गम्हरीयाका किसान विनोद यादवको गुनासो छ । २० मिनेट मात्रै बाँदर खेतमा पसेमा सारा खेतीपाती नष्ट गर्ने भएकाले बाँदर नियन्त्रण गर्न अति आवश्यक रहेको उनीहरुको भनाइ छ ।
राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै चार सयको हाराहारीमा आउने बाँदरले किसानहरुलाई सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन् । सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेको किसानहरु बताउँछन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाको तिलगंगा क्षेत्रमा पार्क निर्माण
असार २१, २०८१ शुक्रबार
यस वर्ष चितवनमा विपदबाट एक लाख २८ हजार प्रभावित हुने अनुमान
असार २०, २०८१ बिहिबार
मौरी विकास पकेट क्षेत्रमा किसानलाई अनुदानमा लिचीका बिरुवा
असार २०, २०८१ बिहिबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार