प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले सरकारलाई दिएको समर्थन र मन्त्री एकसाथ फिर्ता गर्ने
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार १४:४१:४५
१९ असार, काठमाडौं । नेकपा एमालेले आफूले गरेको आग्रहअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरु बोलाउने भएको छ । एमाले नेताले दिएको जानकारी अनुसार बुधबार साँझसम्ममा पार्टीको निर्णय आउनेछ ।
एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको र सो समय गुज्रिए मन्त्रीहरु फिर्ता बोलाउने उनले बताए । प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी पनि गरेको छ ।
संसद्का दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नुपर्ने एमालेको भनाइ छ । प्रधानमन्त्री दलको आग्रहविपरित प्रक्रियामा जाने भए आजै समर्थन फिर्ता लिने तयारमा एमाले बसेको छ । मन्त्रीहरु पनि फिर्ता हुनेछन् ।
एमालेले आज समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय गर्दैछ । सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेपछि प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गर्न आग्रह गरिएको हो । तर, प्रधानमन्त्रीले विश्वासको मत फेस गर्ने मनसाय देखाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार