काठमाडौं महानगरले निर्धारण गर्यो ४६ सय २४ जनालाई छात्रवृत्ति कोटा, असार २९ सम्म आवेदन
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार १५:४५:३३
१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थाहरूमा यस बर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ । विद्यालयमा गएको वर्ष भर्नाको अनुपात, क्षमतालगायत सूचकका आधारमा शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको हो ।
यो वर्ष सबै भन्दा धेरै अर्थात् २४ सय ९३ जना विद्यार्थीले व्यवस्थापन विषयमा छात्रवृत्ति पाउनेछन् । यस्तै १७ सय ५२ जनाले विज्ञान विषय, १७३ जनाले मानविकी, १३६ जनाले कानुन विषय र ७० जनाले शिक्षा विषयमा छात्रवृत्तिमा अध्ययन गर्न पाउने शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले जानकारी दिए ।
महानगरपालिका भित्र कक्षा ११ र १२ अध्यापन हुने ३९० वटा शैक्षिक संस्था छन् । जसमध्ये १०४ वटा विद्यालयमा विज्ञान विषय, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानुन, १८ वटामा शिक्षा र ५१ वटा विद्यालयमा मानविकी विषय अध्यापन हुने गरेको छ ।
शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षामा सहभागी हुन महानगरपालिकाले असार १५ गते बिहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको छ । इच्छुक विद्यार्थीहरूले असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन दिन सक्नेछन् ।
आवेदन दिनका लागि चाहिने योग्यता, फाराममा भर्नु पर्ने विवरण, परीक्षाको पाठ्यक्रम, परीक्षा सञ्चालन र नतिजा प्रकाशन विधि, उत्तर दिने तरिका, परीक्षा रद्द हुने अवस्थालाई विधि र प्रक्रियामा समावेश गरिएको छ । छनोट प्रक्रिया, कसका लागि कति छात्रवृत्ति प्रतिशतका आधारमा वर्गीकरण, फाराम भर्ने विधि, त्रुटी भए सच्याउने तरिका, विवरण पेश गर्ने तरिका यसका आधारभूत सूचना हुन् ।
अनलाइन आवेदन फाराम पेस गर्ने विधि
काठमाडौँ महानगरपालिकाको वेभसाइट httpM.entrance.kathmandu.gov.np मा छात्रवृत्ति आवेदन फाराम उपलब्ध छ । फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटो संलग्न गर्नुपर्छ । यसरी पेश गर्नु पर्ने कागजातमा एसईईको प्रवेश पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र पेश गर्नुपर्छ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्म दर्ताको प्रमाण पत्रसँगै अनुसूचीमा राखिएका सिफारिस पेश गर्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार