गुठीको जग्गामा अख्तियारकी आयुक्तको घर, ललितपुर महानगरले चलायो डोजर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार १७:१३:५
![](https://nepalbahas.prixacdn.net/media/albums/lalitpur3-1720001347_OtN05EwtMD_DH78hWx7hO.jpg)
१९ असार, काठमाडौं । गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ । ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउन्ड पर्खाल बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो ।
अमात्यले गुठीको जग्गा मिचेको पाइएपछि ललितपुर महानगरपालिकाले डोजर चलाएको जानकारी दिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफै उपस्थिति भएर डोजर चलाउन निर्देशन दिएका थिए । गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गुठीको जग्गा भएको र गुठीयारले पटक पटक अनुरोध गर्दा पनि नमानेपछि भत्काउनुपरेको बताए । यो देवस्थलको जग्गा थियो । महर्जन र अमात्य गुठी थियो । जहाँ भोज खाने र पूजा गर्ने स्थान थियो । त्यही नै हडपेको पाइयो । सम्पदा मिचेर पर्खाल बढाउने र ढोका राख्न अनुमति नदिँदा पनि बनाएपछि भत्काउनुपरेको हो, उनले भने ।
महर्जन र अमात्य गुठीका पदाधिकारी पटक पटक महानगरसँग अनुरोध गर्न आएका थिए । स्थानीयले पनि आफूहरूको आग्रहमा ललितपुर महानगरले अवैध संरचना भत्काइदिएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार