प्रचण्ड सरकार अल्पमतमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार २१:५३:१
![](https://nepalbahas.prixacdn.net/media/albums/Prachanda_6.jpg_lHT0L4UIzL_2zgZZNHNj1.jpg)
१९ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता समीकरणको प्रमुख घटक नेकपा एमालेले बुधबार साँझ सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सामेल आठ मन्त्रीले सामूहिक राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि एमाले सरकारबाट बाहिरिएको हो ।
प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति मध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । संविधान अनुसार सरकारमा सहभागी दल मध्ये कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनु पर्ने प्रावधान रहेको छ ।
तर संसदमा रहेका प्रमुख ठूला दुई दलनै नयाँ सरकार बनाउने सहमति बनाएको अवस्थामा विश्वासको मत पाउने सम्भावना नभएपछि अब प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गरेर सरकारबाट बाहिरिने दबाब बढेको छ । माओवादी केन्द्रले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेपनि प्रधानमन्त्री राजीनामाको मनस्थितिमा पुगेको र संसदमा सम्बोधन गरेर राजीनामा गर्न सक्ने चर्चा पनि चलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस संसदीय दलको बैठक बस्दै, एमालेसँगको सहमतिलाई अनुमोदन गर्ने
असार २२, २०८१ शनिबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
डीआईजी पोखरेलको बढुवा सिफारिसमा गृहमन्त्रीकै कमजोरी
असार २२, २०८१ शनिबार
मनोहराको बाढीले डुब्यो एमालेको केन्द्रीय कार्यालय
असार २२, २०८१ शनिबार
मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
असार २२, २०८१ शनिबार
मधेशका मुख्यमन्त्री सिंहद्वारा चारदलका ६ मन्त्री बर्खास्त
असार २२, २०८१ शनिबार
सरकारबाट ६ जना मन्त्री हटाएर विश्वासको मत लिदैछन् मधेशका मुख्यमन्त्री सिंह
असार २२, २०८१ शनिबार