मुगुका ३५ जना उत्कृष्ट किसान पुरस्कृत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार ११:५९:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/Farmer1_qw5STvdDPV_DrVWZ6wZd6.jpg)
२० असार। मुगु । हिमाली जिल्ला मुगुका ३५ जना किसान पुरस्कृत भएका छन् । ३ जना मुख्यमन्त्री उत्कृष्ट किसान बाट र ३१ जना प्रोत्साहन बाट पुरस्कृत भएका हुन । जसमा मुख्यमन्त्री उत्कृष्ट किसान बाट छायानाथ रारा नगरपालिका वडा नं १३ का अंगबहादुर रोकाया प्रथम भएका छन् ।
उनी बिगत देखिनै कागति खेति गर्दे आउनु भएको छ । यस्तै सर्मिला कार्की दोश्रो भएका छन् भने जासन्त कुलाल तेश्रो स्थानमा आएको कृषि बिकास कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार उनीहरु लाई क्रमश ४० हजार ३० हजार र २० हजार नगद सहित सम्मान पपत्र प्रदान गरिएको कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्र बहादुर शाहीले बताए ।
उनका अनुसार अन्य ३१ जना लाई रैथाने बाली , खाद्यान्न बाली दलहन तेलहन बालीमा ५ रोपनी सम्म गर्ने २० हजार र यो भन्दा बढि प्रति रोपनी २ हजारका दरले नगद रकम पनि वितरण गरिएको शाहीको भनाई छ । त्यस्तै फलफुलमा एक सय बोट बरावर २० हजार रकम प्रोत्साहन स्वरुप सम्मान पत्र र नगद हस्तान्तरण गरेको बताईएको छ ।
आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख मञ्जन बहादुर कार्की , प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसि लगायत अन्य सरोकारवाला निकायहरुले किसान लाई नगद र सम्मान पत्र सहित पुरस्कार बितरण गरेका थिए । यो कार्यक्रम बिशेष गरेर किसानहरु लाई प्रोत्साहन , हौसला र प्रेरित गर्न कृषि क्षेत्रलाई थप प्रभावकारी बनाउन र कृषि पेशा बाटै आत्म निर्भर बन्ने हेतुले यो कार्यक्रमको थालनी गरिएको कार्यालयले जनाएको छ ।
पुरस्कारले व्यवसाय प्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको किसान अंग बहादुर रोकायाले बताए । उनले अनुदानमुखीभन्दा पनि किसानको उत्पादन मुखी र आत्मनिर्भरमा कृषिका कार्यक्रम हुनुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँझो जग्गामा ड्रागन फ्रुट, आम्दानी पनि राम्रो
असार २१, २०८१ शुक्रबार
आकासे पानीमा निर्भर बैतडीका किसानलाई रोपाइँको चटारो
असार २१, २०८१ शुक्रबार
अनुदानमा किसानलाई ‘मिनीटिलर’ वितरण
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार