मौरी विकास पकेट क्षेत्रमा किसानलाई अनुदानमा लिचीका बिरुवा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार १३:४२:६
२० असार, कञ्चनपुर । मौरी विकास पकेट क्षेत्रका किसानलाई विशेष प्राथमिकतामा राखेर जिल्लाको कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा सिडलेस लिचीका दुई हजार चार सय बिरुवा वितरणको गरेको छ ।
नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत बर्खे फलफूलका बिरुवा वितरण कार्यक्रमअन्तर्गत लिचीका बिरुवा वितरण गरेको हो ।
बजारमा लिचीका प्रतिबिरुवाको मूल्य रु दुई सय बढी रहेकामा रु ७५ मा बिरुवा खरिद गरी किसानलाई सोको आधा मूल्यमा उपलब्ध गराइएकोे नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।
“बिरुवा वितरणका लागि पहिलो प्राथमिकतामा कृष्णपुर–१ दोमिल्ला, कुमगडा, वडा नं २ को खल्लागोठ, वडा नं ४ को किंचाई, बैलकुण्डी र मालुवेलाका मौरीपालनमा लागेका किसानलाई राखेका छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि अन्य फलफूलखेती गर्न इच्छुक किसानलाई उपलब्ध गराएका छौँ ।”
लिचीका फूलबाट मौरीले राम्रो मह सङ्कलन गर्ने भएकाले मौरी पकेट क्षेत्रका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पहिलो प्राथमिकतामा राखी बिरुवा वितरण गरिएको शाखा प्रमुख धामीले बताए । मौरी पकेट क्षेत्र बाहिरका फलफूलखेती गर्ने किसानलाई माग र आवश्यकताका आधारमा बिरुवा उपलब्ध गराइएको उहाँको भनाइ छ ।
“रु एक लाख बजेटमा शाखाले लिचीका बिरुवा खरिद गरेको हो । खरिद गरिएका बिरुवा पचास प्रतिशत अनुदानमा दुईवटाका दरले एक हजार दुई सय किसानलाई वितरण गरिएको छ”, शाखा प्रमुख धामीले भने । उनका अनुसार बाह्य क्षेत्रबाट आयात हुने फलफूललाई विस्थापन गरी स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष किसानलाई फलफूलका बिरुवा वितरण गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोटेहाङले शुरू गर्यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
पुष २०, २०८१ शनिबार
६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३ प्रतिशत
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार