जिपी फाउण्डेशनले सुनसरीमा मनायो गिरिजाप्रसादको जन्मसताब्दी
यज्ञप्रसाद भट्टराई
असार २०, २०८१ बिहिबार १३:४३:३६
२० असार, सुनसरी । नेपाली राजनीतिका धरोहर, क्रान्ति नायक, द्वन्द ब्यवस्थापक तथा शान्ति स्थापनाका प्रणेता गिरिजाप्रसाद कोइरालाको शतबार्षिकी कार्यक्रम देशैभरी बिभिन्न कार्यक्रमहरु सञ्चालन गरि सम्पन्न भएको छ । नेपाली कांग्रेसको स्थापनाकालदेखि देशलाई गणतान्त्रिक समाजबादको बाटोमा हिडाउन स्व. गिरिजाबाबुले गरेको अथक प्रयास, भोगेका अनगिन्ती कष्टहरु र जीवनको उत्तरार्धसम्मको सकृय राजनीतिलाई केलाउदा नेपालमा झण्डै ७० बर्षसम्म निरन्तर राजनीतिमै होमिनु परेको गिरिजाबाबुको बेग्लै राजनीतिक इतिहास बनिसकेको छ ।
यस अवसरमा असार १८ गते नेपाली कांग्रेसले केन्द्रीय कार्यालयमा भब्य कार्यक्रमको आयोजना गर्यो भने सबै जिल्लाहरुमा साथै स्थानीय तहमा पनि शप्ताहब्यापी रुपमा गिरिजाप्रसाद कोइरालाको शतबार्षिकी कार्यक्रमहरु मनाइए । जीवनको सम्पूर्ण समय प्रजातन्त्र र लोकतन्त्रका लागि समर्पण गरेका गिरिजाप्रसाद कोइरालाले राणा, पञ्चायत, राजसंस्थासँग लडनु परेको बिगत र बर्तमानमा हामीले उपभोग गरिरहेको ब्यवस्थाका लागि बगाएको पसिनाको मूल्य नेपाली कांग्रेसले त के सिंगो नेपाली जनताले समेत तिर्न सक्दैनन् ।
यसै अवसरमा झापा, मोरंग र सुनसरी जिल्लामा बिभिन्न कार्यक्रमहरु गरी गिरिजाप्रसाद कोइरालालाई संझिने काम गरिएको छ । झापा र सुनसरी जिल्लाको संयुक्त आयोजनामा सुनसरी जिल्लाको पकलीमा जिपी फाउण्डेशनले बिभिन्न कार्यक्रमहरु सञ्चालन गरी गिरिजाबाबुलाई संझिएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका झापा र सुनसरी जिल्ला संयोजकहरु क्रमशः यज्ञप्रसाद भट्टराई र केशव भट्टराईको पहलमा सुनसरी जिल्लाको ईटहरी उपमहानगर पालिका वार्ड नं. १६ पकलीमा अवस्थित रामजानकी शान्ति बृद्धाश्रममा रहनु भएका बृद्धा माताहरुलाई फलफुल बितरण, बृक्षरोपण तथा स्वास्थ्य परीक्षण कार्यक्रम गरेर मनाएको जनाएको छ ।
उक्त कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउण्डेशनका सुनसरीका संयोजक केशव भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमूख अतिथि गिरिजाबाबुका पुराना साथी डा. रामचरित्र मण्डल, फाउण्डेशनका झापा जिल्ला संयोजक यज्ञप्रसाद भट्टराई, नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव भविन खड्का, नेपाली कांग्रेस ईटहरी नगर समिति सचिव, नेपाल महिला संघ सुनसरीकी अध्यक्ष, लगायतले शुभकामना मन्तब्य राखेको उक्त कार्यक्रममा नेपाली कांग्रेस पकलीका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको फाउण्डेशनका बरिष्ठ सल्लाहकार मनोज कुमार चौधरीले बताएका छन् ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले स्व. गिरिजाप्रसाद कोइरालाले गरेका क्रान्तिदेखि शान्तिसम्मका बिषयमा प्रकाश पारेका थिए । जिपी फाउन्डेसनका झापा जिल्ला संयोजक यज्ञप्रसाद भट्टराईले गिरिजाबाबुले सधै उठाउदै आउनु भएको सहमति, सहकार्य र एकता आजको दिनमा झनै आबश्यक रहेको बताउदै गिरिजाबाबुले मजदुरदेखि राष्ट्र नायकसम्मको भुमिका निभाउनु परेको बिषयमा प्रकाश पारेका थिए । नेपाल महिला संघ सुनसरीका अध्यक्षले आफुले गिरिजाबाबुलाई एक शाहसिक नेताका रुपमा संझने गरेको बताउदै गिरिजाबाबुको शाहस, आँट र हिम्मतलाई सुनसरी कांग्रेसले सधै सम्झिरहने बताएकी थिइन ।
क्रान्तिदेखि शान्तिसम्म गिरिजाबाबुसँग बिताएका यादगार समयले हामीलाई नेपाली कांग्रेसमा रहेर राजनीति गरिरहन सधैं प्रेरणा मिलिरहेको बताउदै जिपी फाउन्डेसन सुनसरीका संयोजक केशब भट्टराईले आफू सधै कोइराला परिवारसँग नजिक रहेर राजनीति गर्न पाउने एक भाग्यमानी कांग्रेसको सिपाहि हुन पाएकोमा गर्व गरे । गिरिजाप्रसाद कोइराला जस्तो नेता युगयुगमा एक पटक मात्रै जन्मने भन्दै केशब भट्टराईले उहाँको बिचारमा हिडनु हामी सबैको जिम्मेबारी हो भने । कार्यक्रममा प्रमुख अतिथि डा. यादवले आश्रममा रहेका आमाहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेका थिए । संयोजक केशब भट्टराईले फलफुल वितरण गरेका थिए ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन सुनसरी जिल्लाका संयोजक केशव भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमूख अतिथि डा. रामचरित्र मण्डल र बिशिष्ठ अतिथिमा पूर्व अर्थमन्त्री महेश आचार्यका दाजु तथा गिरिजाबाबुका समकक्षी ९१ बर्षिय बिद्याप्रसाद आचार्य रहेको बरिष्ठ सल्लाहकार मनोज कुमार चौधरीले बताए ।
त्यसैगरी फाउण्डेशनले आश्रम परिसरमा गिरिजाबाबुका नाममा बिभिन्न प्रकारका फलफुलका बिरुवाहरु रोपेको जनाएको छ । कार्यक्रमको सञ्चालन जिपी फाउण्डेशनका जिल्ला सचिव डम्बर बस्नेतले गरेका थिए ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार