यता र उता गरेर प्रचण्डले आजित बनाए, राजनीतिक स्थायित्वका लागि यो गठबन्धन बनाएको होः कोइराला
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार १४:५:२३
२० असार, वीरगञ्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्थिर ढंगले कहिले यता र कहिले उता गर्दै राजनीतिमा अस्थिरता आउने गरी गठबन्धन फेर्दै आजित बनाएकाले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने परिस्थिति निर्माण भएको बताएका छन् । उनले अब राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
कांग्रेस पर्साले बिहीबार वीरगञ्जमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले अहिले रहेको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष मात्रै राख्नुपर्ने बताए । उनले देशको प्राथमिकता राजनीतिक स्थायित्व, सुशासन र विकास भएको भन्दै समानुपातिक र समावेशी कुरालाई मिलाएर प्रदेशदेखि संघसम्म प्रत्यक्ष निर्वाचनमा जाने र जुन पार्टीले जित्छ उसले सरकार बनाउने गरी व्यवस्था गर्नुपर्ने बताए ।
गठबन्धन फेर्दै प्रचण्डले दुई ठूला पार्टी नेपाली कांग्रेस र एमालेलाई आजित बनाइसकेको उनको भनाइ छ । कांग्रेससँग गठबन्धन गरेर ३२ सिट ल्याए, सरकार बनाउने बेला एमालेसँग मिले । एमालेसँगै मिलेर गएको भए भइहाल्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौँ । दुई महिनापछि कांग्रेससँग मिल्यो भने फेरि एमालेसँग मिल्यो । त्यसपछि हामीले सोचेर, विचार गरेर नै कांग्रेस र एमाले समीकरण गर्ने सहमति गरेको हो, उनले भने ।
एमालेसँग समीकरण गर्ने कुरामा आफ्नो ठूलो भूमिका रहेको उनले बताए । सभापति शेरबहादुर देउवाको एकल निर्णय नभएको भन्दै उनले संविधान सुधार नगरी देश चल्न सक्दैन भनेर हामी सबैले कुरा गरेर यो सहमति गरेको बताए । एमालेसँग केही समयअघि नै कांग्रेसले समीकरण गर्नुपर्नेमा ढिलो भएको पनि कोइरालाले बताए । संविधानमा त्रुटि भए पनि यसलाई धेरै चलाउन नहुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार