ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार १७:११:४६
२० असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिमा एक जनालाई मात्र उपप्रधानमन्त्री बनाउने चर्चा बाहिर आएपछि दोस्रो तहका नेताहरु तनावमा देखिन थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएर जान खोज्ने नेताहरु कांग्रेस र एमालेमा धेरै छन् । उनीहरूबीच यसै पनि हानाथाप चलिरहेको छ ।
संयुक्त सहमति अहिलेसम्म सार्वजनिक नभएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच एक जना मात्र उपप्रधानमन्त्री राख्ने सहमति भएको चर्चा व्याप्त छ । ओली प्रधानमन्त्री भएपछि कांग्रेसबाट गृहमन्त्रालय लिने भन्ने कुरा भएको हो । प्रधानमन्त्रीसहित अर्थ मन्त्रालय एमालेले लिने भनिएको छ । दुई दलबाट एक एक जना उपप्रधानसहित मन्त्री बन्ने भनिएको थियो । तर, अहिले आएर एक जना मात्र हुने भनेपछि उपप्रधानमन्त्री बन्ने तयारीमा लागेका नेतामा तनाव बढेको हाे ।
उता, कांग्रेसको शेखर कोइराला समूहले पनि यो सहमतिलाई आफ्नो एजेण्डा भनेको छ । नेता कोइरालाले कोशी प्रकरणदेखि नै कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने कुराको पहल सुरु गरेका थिए । प्रायः जसो मञ्चमा बोल्दा र नेताहरूसँग कुराकानी गर्दा उनले देशलाई स्थिरता दिन पनि कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताउँदै आएका थिए । उनले सभापति देउवासँग पनि पटक पटक एमालेसँग कुरा गर्न भनेका थिए । यो सहमतिमा उनैकै प्रयास बढी भएकाले सरकारमा पठाउने मन्त्रीहरूका विषयमा दमदार दावी राख्ने नै छन् ।
उपप्रधानमन्त्रीसहित नभएपनि मन्त्रीहरूमा भने कोइरालाको राम्रो दावी रहने बुझिएको छ । चर्चा अनुसार कांग्रेसबाट प्रमुख सचेतक समेत रहेका रमेश लेखककाे गृहमन्त्रीमा दावी रहेकाे बताइन्छ । उता राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला गृहसहित उपप्रधानमन्त्री बन्ने मध्येमा बढी चर्चा छ । उनीहरू दुवै जना लविङमा पनि छन् । यसपछि कांग्रेसबाट डा. शशांक कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, विमलेन्द्र निधि र प्रकाशमान सिंहले पनि यो पटक कांग्रेसबाट सरकारमा जाने मन्त्रीहरूको नेतृत्व गर्न पाए हुन्थ्यो भनिरहेका छन् । निधि र सिंहले अब पालो नआउने भएकाले अन्तिम मौका दिनुपर्ने भन्दै पहल बढाएका छन् ।
नेता शशांक कोइरालाले गएको महाधिवेशनदेखि नै सभापतिलाई सहयोग गरिरहेको र अहिलेसम्म कुनै पद नलिएकाले आफूलाई यो पटक टोलीको नेतृत्व गरेर सरकारमा जाने अवसर दिनुपर्ने भनिरहेका छन् । सभापति देउवा पत्नी आरजु राणाको झन छुट्टै चाहना छ । उनी उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने दाउमा छिन् । उपप्रधान नपाए पनि परराष्ट्र भने पाउनै पर्ने अडान उनको छ । यी बाहेक कांग्रेसका अरु नेता भने कसरी मन्त्री बन्ने भन्ने दौडधुपमा लागेका छन् ।
उपप्रधानमन्त्रीको विषयलाई लिएर सरकारको नेतृत्व गर्ने एमालेभित्र पनि रडाको छ । ओलीका दुई विश्वास पात्र नेता उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका बीच मारामार छ । पोखरेल पौडेललाई राेक्ने रणनीतिमा उत्रिएका छन् ।
अर्थ मन्त्रालय एमालेले पाउने भनेपछि यसअघि पटक पटक उपप्रधानसहित अर्थमन्त्री भएका पौडेल आफूलाई ओलीले नछोड्नेमा ढुक्क छन् । एमालेमा अरु अर्थमन्त्रीका लागि दह्रो दावी प्रस्तुत गर्ने नेता पनि छैनन् । यसैले पनि पौडेलको दम बढेको छ । तर, महासचिव पोखरेल यसको विपक्षमा छन् । उनीहरुको लडाई विगत निर्वाचनदेखिकै हो । एकजना मात्र उपप्रधानमन्त्री बनाउँदा प्रधानमन्त्री भएको दलले नपाउने अवस्था छ । प्रधानमन्त्री र उपप्रधानमन्त्री एकै दलबाट हुने सहमति छैन ।
पहिले नै उपप्रधानमन्त्री भइसकेका कारण पौडेललाई अर्थमन्त्री मात्र भएर जान्छु भन्न पनि सजिलो छैन । पौडेललाई रोक्न कै लागि पोखरेलले एक मात्र उपप्रधानमन्त्री बनाउनुपर्ने पक्षमा कांग्रेससँग सहमति गरेका हुन । यसले पौडेलमा तनाव बढेकाे छ । किनकी देउवाकाे तर्फबाट लेखक र ओलीकाे तर्फबाट पाेखरेल वार्ता र सहमतिकाे खाका तयार गर्नेमा बसेका थिए ।
यसरी सरकार बनाउने तयारीमा रहेका कांग्रेस र एमालेभित्र उपप्रधानमन्त्रीको चिन्ता देखिएको छ भने राजीनामा दिन आनाकानी गरिरहेका प्रधानमन्त्री प्रचण्डले पनि असार २३ मा विश्वासको मत लिने तयारी गरेको बताइएको छ । उनले २३ गते संसदमा विश्वासको मत फेस गर्ने जानकारी सभामुखलाई दिएको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार