रास्वपा महामन्त्रीको प्रतिवेदनः रविको बोल्नका लागि मात्र बोल्ने प्रवृत्तिले पार्टीलाई हानीबाहेक केही गरेन
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार १७:५४:३६
२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालको प्रतिवेदन पार्टीले सार्वजनिक गरेको छ । इमेलमार्फत सार्वजनिक प्रतिवेदन ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज हो । यसमा सभापति रवि लामिछानेको चरित्रका कारण पार्टी कसरी अवसान हुँदैछ भन्ने कुरा देखाउन खोजिएको छ ।
निलम्बनमा परेका महामन्त्री डा. ढकालले प्रतिवेदनमा जनस्तरबाट सभापतिमाथि नै पहिलोपटक प्रश्न उठेको बताएका छन् । ढकालले ३८ जिल्लाको समीक्षा यात्रापछि तयार पारेको आफ्नो प्रतिवेदनमा ‘सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो’ भन्दै जनताले उठाएका १० प्रतिनिधिमूलक प्रश्न समेटेका छन् ।
सभापति नै गृहमन्त्री बनेर सरकारमा गएको विषयलाई जनताले नरुचाएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबसेको ?’, सभापतिमाथि उठेको प्रश्न भन्दै पहिलो बुँदामा उनले उल्लेख गरेका छन् ।
प्रतिवेदनमा ढकालले पार्टीभित्र विकृति बढेको, पार्टी सदस्यले सरकारमा गएका मन्त्री, सांसद लगायतलाई भेट्न समेत नपाएको गुनासो जिल्ला जिल्लामा सुनेको उल्लेख गरेका छन् । जीबी राईका सन्दर्भमा सभापति रवि लामिछानेले बोलेका विषय पार्टीका लागि सबैभन्दा ठूलो चुनौती भएको उनको प्रतिवेदनमा लेखिएको छ ।
तयारी र गुदीबिना आश्वासनका पुलिन्दा मात्र बाँड्दा तत्कालीन ताली त पाइयो होला, तर यसले पार्टीलाई क्षति मात्र गर्याे । आउने चुनावसम्म पार्टीका नेताको बोलीका ‘क्लिप’हरू जताततै बजाइने हुँदा त्यसले पार्ने असरको बारेमा अहिलेबाट सजग हुनुपर्छ, उनले लेखेका छन्, बोल्नका लागि मात्र बोल्ने प्रवृत्तिले पार्टीलाई हानिबाहेक केही पनि गरेन ।
उनले रुपचन्द्र विष्टका ‘थाहा’ विचारपन्थी लाइनहरु विभिन्न ठाउँमा उल्लेख गर्दै पार्टीभित्र किन ग्यालेक्सी टीभीबाट आएका पत्रकारहरूको वर्चस्व बढ्यो भनी प्रश्न गरेका छन् । उनले सभापति रवि लामिछानेमाथि यसअघि कहिल्यै नउठेको प्रश्न पटक पटक उठेको भन्दै आलोचना गरेका छन् ।
चेसमा रानी धेरै नचले पनि रवि लामिछाने एकदमै धेरै चलेको प्रतिवेदनमा उल्लेख छ । ‘जीबी राई समातिँदैनन् भने प्रतिपक्षी हुँदै किन म्याद नै तोकेर समात्ने कुरा गरेको,’ ‘सिधा कुरा कार्यक्रममा बोलेका कुरा सभापतिले बिर्सनुभएको होला तर जनताले सम्झिरहेका छन् ।’ उनले रवि लामिछानेको ब्लू बसदेखि रोजगारी सिर्जना गर्ने बाचा किन अधुरो रह्यो भनी सोधेका छन् ।
ढकालको प्रतिवेदनमा प्रचण्ड वा केपी ओलीसँग मिल्नुभन्दा बालेनसँग मिल्नु जाति भनेर सुझाव आएको पनि उल्लेख छ । उनले कांग्रेस र एमालेका नेता विशेषबारे पनि त्यसमा उल्लेख गरेका छन् ।
यस्तो प्रतिवेदनको पूर्णपाठ:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार