गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित : राष्ट्रसंघीय अधिकारी
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार १८:२८:५१
२० असार, न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीको ९० जनसङ्ख्या कम्तिमा एक पटक विस्थापित भएको पुष्टि गरेका छन् ।कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) का प्रमुख एन्ड्रिया डे डोमेनिकोले गाजामा जनसङ्ख्या २१ लाख रहेको अनुमान गरिएको पत्रकार सम्मेलनमा बताए ।
यस समयमा, गाजा पट्टीमा प्रत्येक दसमध्ये नौ जना कम्तिमा एक पटक आन्तरिकरूपमा विस्थापित भएको उनले बताए । उनले सन् २०२३ अक्टोबरदेखि ३७ हजारले ज्यान गुमाएको जानकारी दिए । उनका अनुसार ११ लाख नागरिकले गाजा पट्टी छाडेको र उत्तरी गाजामा अझै पनि तीन लाखदेखि तीन लाख ५० हजार मानिस दक्षिणमा सर्न नसक्ने अवस्थामा रहेको उनले बताए ।
राष्ट्रसङ्घका अधिकारीले गाजा पट्टीको दक्षिणमा रहेको खान युनुस खाली गर्ने इजराइली कब्जामा रहेका क्षेत्रहरू खाली गर्ने आदेशपछि विगत दुई दिनमा विस्थापित भएका व्यक्तिहरूलाई विस्थापितको सङ्ख्यामा जोडिनु आवश्यक नभएको बताएका छन् । उनीहरूमध्ये प्रायः सबै विस्थापितको गणनामा परिसकेका छन् ।
मध्यपूर्वका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य निकाय (युएनआरडब्लुए) ले करिब दुई लाख ५० हजार प्यालेस्टिनीे खान युनुसबाट फेरि भाग्न बाध्य हुने अनुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार
ज्यापू अक्षय कोषमा अहिले १० लाख दिइयो, अझ थपिन्छ : प्रधानमन्त्री
मंसिर ३०, २०८१ आइतबार
कला र सिर्जनाको अनुपम उदाहरण चन्द्रागिरी थ्रीडी आर्ट म्युजियम : दिपकराज गिरी
मंसिर ३०, २०८१ आइतबार
पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य
मंसिर ३०, २०८१ आइतबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाए [ फोटो फिचर ]
मंसिर ३०, २०८१ आइतबार