पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा संचालनमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार १९:१०:१
![](https://nepalbahas.prixacdn.net/media/albums/citizen-bnk_gxwh8fHSRl_6KElfMlx14.jpg)
२० असार, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९३ औं शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरको बिरौटामा सञ्चालनमा ल्याएको छ । यससँगै गण्डकी प्रदेशमा संचालनमा रहेका शाखाहरू १४ पुगेका छन् ।
बिरौटामा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा पोखरामा थप एक शाखा संचालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे ।
उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ ।
डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र पहिलो बर्ष लकर शुल्कमा ५०५ छुट उपलब्ध रहेको छ ।
बिरौटामा आफ्नो नयाँ शाखाको शुभारम्भ गरेको दिनमानै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा १७ छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालालाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ ।
पाठशालामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले पाठशालामा आवासीय रुपमा रहेर संस्कृत अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफू हर्षित भएको जानकारी गराए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९३ वटा शाखा, १५६ वटा ए।टि।एम। र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
हाल ५६ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ४ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि र एनआईसीबीच नवजात शिशुको मुद्दती खाता खोल्ने सम्झौता
असार २१, २०८१ शुक्रबार
श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरले सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने
असार २१, २०८१ शुक्रबार
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुन्छ : प्रमुख सचेतक लेखक
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २३, २०८१ आइतबार
रिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल
असार २३, २०८१ आइतबार
विश्वासको मततिर नलागेर प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः ओली
असार २३, २०८१ आइतबार
महामारीले ल्याउने विश्व सङ्कट
असार २३, २०८१ आइतबार
बाढी, पहिरो र डुबानमा परी देशभर १४ जनाको मृत्युः तीन वेपत्ता, १८ जना घाइते
असार २३, २०८१ आइतबार
वर्षा नरोकिएकाले सुर्खेतको तल्लो भाग डुबानको जोखिममा
असार २३, २०८१ आइतबार
वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध
असार २३, २०८१ आइतबार