मधेस प्रदेशमा बालश्रमिकको सङ्ख्या एक लाख ७२ हजार
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार २१:२७:३१
२० असार, जनकपुर । मधेस प्रदेशका अधिकांश जिल्लामा विद्यालय पहुँचभन्दा बाहिर रहेका पाँच देखि १७ वर्ष उमेर समूहका बालश्रमिकको सङ्ख्या एक लाख ७२ हजार रहेको पाइएको छ । जनकपुरधाममा आसमान नेपाल नामक संस्थाले पत्रकार अन्तरक्रिया आयोजना गरी बाल श्रमिकको तथ्याङ्क सार्वजनिक गरेको हो ।
आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्यले मधेस प्रदेशमा विद्यालय बाहिर भएका २१ प्रतिशत बालबालिकालाई विद्यालय पठाउन सकेमा बाल श्रमिकको सङ्ख्या कम गर्न सकिने बताए ।
प्रदेशका बालश्रमिकहरु मध्ये शहरी क्षेत्रमा मात्र १२ दशमलव चार प्रतिशत रहेका छन् । ग्रामीण क्षेत्रमा बाल श्रमिकको सङ्ख्या नौ दशमलव आठ प्रतिशत रहेको आसमानका परियोजना संयोजक दिपेन्द्र तिवारीले जानकारी दिए । गरिबी तथा अशिक्षाका कारण बालश्रमिक मध्ये तीन दशमलव चार प्रतिशत अर्थात् ५० हजार नौ सय ३२ जना बालश्रमिक जोखिमपूर्ण काममा संलग्न रहेको उनले बताए ।
मधेश प्रदेशमा विद्यालय जाने उमेर समूहका बालबालिकाको सङ्ख्या १४ लाख ९८ हजार छन् । बालश्रममा लागेकालाई विद्यालय पठाउन चुनौतीपूर्ण रहेको आसमानका सुशासन सल्लाहकार गुरु सुवेदीले जानकारी दिए ।
उनले बालश्रम कम गर्न बालमैत्री स्थानीय शासन आवश्यक भएकाले योजनासहित बालबालिकाको क्षेत्रमा लगानी गर्न जरुरी रहेको बताए । आसमानका मधेस प्रदेश संयोजक खिलानाथ निरौलाले जोखिमपूर्ण श्रमसहित अन्य श्रममा लागेका बालबालिकालाई विद्यालय पठाउन जरुरी रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिङ्गो बस्ती नै शौचालयविहीन !
माघ ७, २०८१ सोमबार
नेताले अछुत बनाएको भन्दै गंगाजल छर्केर शहीदको सालिक शुद्धीकरण गरियो
माघ ६, २०८१ आइतबार
मिरोज अहमदले अखिल 'क्रान्तिकारी' केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरे
माघ ६, २०८१ आइतबार
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी
माघ ७, २०८१ सोमबार
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
माघ ७, २०८१ सोमबार
अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश
माघ ७, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार