युरोकपको क्वाटरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार ८:६:५३
२१ असार, काठमाडौं । जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरू शुरु हुँदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुँदै छ ।
स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।
स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् । युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।
त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार