अनुदानमा किसानलाई ‘मिनीटिलर’ वितरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार ९:२:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/power-tilar_z7qw4vw4GW_G3HtyR2t62.jpg)
२१ असार, कञ्चनपुर । व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ । वडा कार्यालयको रु तीन लाख र किसानको रु तीन लाख गरी रु छ लाखमा सो औजार खरिद गरी किसानलाई उपलब्ध गरिएको हो ।
कृषक समूह र कृषि फार्ममार्फत मिनीटिलर खरिद गरी सातजना किसानलाई उपलब्ध गराइएको कृष्णपुर–२ का वडाध्यक्ष अर्जुन साउदले बताए । “व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा मिनीटिलर उपलब्ध गराएका छौँ, किसानको कार्यक्षमता वृद्धि गर्न मिनीटिलर वितरणको कार्यले सघाउ पुग्ने विश्वास छ”, उनले भने ।
वडाका व्यावसायिक खेती गर्ने सबै किसानलाई यस कार्यक्रममा समेट्न नसकिएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षमा चालु आवमा अनुदानमा मिनीटिलर पाउन नसकेलाई उपलब्ध गराउने योजना रहेको बताए । किसानलाई व्यावसायिक बनाउनका लागि वडाका तर्फबाट बीउबिजन, पोलिहाउस, किटनाशक, स्प्रे, आधुनिक मेसिन, यन्त्र वितरण गरिँदै आएको र आगामी योजनामा पनि समेट्ने उनले बताए ।
“गोरुले खेत जोत्दै आएका थियौँ”, किसान प्रिती रानाले भनिन्, “मिनीटिलर अनुदानमा पाएपछि गोरुको तुलनामा खेत जोत्न मिनीटिलरबाट छिटो हुने भएको छ, कम श्रम लाग्ने हुँदा उत्पादन लागतमा कमी आई खेतबारीमा उत्पादन गर्दै आएको तरकारीलाई बजारमा प्रतिस्पर्धात्मक दररेटमा बेच्न सक्छौँ ।”
अर्का किसान प्रेम महताले मिनीटिलरको सहयोगमा खेतबारी जोत्न निकै सहज हुने बताए । “गोरुको जस्तो स्याहारसुसार गर्नु पर्दैन, इन्धनको व्यवस्था गरी चलाउन सकिन्छ, बिग्रिएमा थोरै रकम तिरेर बनाउन सकिन्छ, गोरुले दुई दिन लागाउने कार्य एकै दिनमा हुन्छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँझो जग्गामा ड्रागन फ्रुट, आम्दानी पनि राम्रो
असार २१, २०८१ शुक्रबार
आकासे पानीमा निर्भर बैतडीका किसानलाई रोपाइँको चटारो
असार २१, २०८१ शुक्रबार
कति तोक्यो सरकारले धानको न्यूनतम मूल्य ?
असार २०, २०८१ बिहिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
नयाँ सरकारलाई चुनौति दिने गरी नेपाल टेलिकममा एमडी नियुक्तिको तयारी
असार २३, २०८१ आइतबार
कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा गुरागाईं
असार २३, २०८१ आइतबार
विद्यालय तहबाट नै खेलकुदको विकास गर्न जरुरी छ : मुख्यमन्त्री सिंह
असार २३, २०८१ आइतबार
एमालेले डाक्यो सचिवालय बैठक
असार २३, २०८१ आइतबार
सरुमारानीका १२० जना किसानलाई कोरेली पाडी
असार २३, २०८१ आइतबार
काठमाडौं महानगरका सात स्थानमा ७५ भन्दाबढी कलाकारको प्रस्तुति
असार २३, २०८१ आइतबार
किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै अधिकृत घिमिरे
असार २३, २०८१ आइतबार