सात वटै प्रदेश सरकारमा माओवादीको उपस्थिति शून्य रहने
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार ११:३१:११
२१ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गठबन्धन बनेपछि अब माओवादीले सात वटै प्रदेश सरकारबाट हात धुनुपर्ने अवस्था आएको छ । उसले नेतृत्व गरेका दुई प्रदेश पनि गुम्नेछन् । बागमती प्रदेश सरकारबाट शुक्रबार एमाले बाहिरिएपछि तीन वटा प्रदेशका मुख्यमन्त्री कामचलाउ हैसियतमा हुनेछन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा बुझाई सकेका छन् ।
केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेशमा पनि यसको असर देखिएको हो । एमाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरि सकेको छ भने बागमतीमा आज साझसम्ममा राजीनामा आउने एमाले मन्त्रीहरूले बताएका छन् । बागमतीमा मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारलाई नेकपा एमालेले मुख्य रूपमा साथ दिएको थियो । कांग्रेससँग नयाँ गठबन्धन बनाउने भएपछि एमाले बागमती सरकारबाट बाहिरिन भएको हो ।
एमाले सांसद एवं प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलका अनुसार आज सरकार छोड्ने सम्भावना छ । यसपछि केन्द्रमा सरकार निर्माण प्रक्रिया अघि बढे लगत्तै प्रदेश सरकारका बारेमा निर्णय हुनेछ । केन्द्रको समीकरण अनुसार नै सरकार निर्माण र पावर सेयरिङका बारेमा सहमतिको खाका तयार भएकाले सोही अनुसार नै अघि बढ्ने उनले बताए ।
सुदूरपश्चिम, लुम्बिनी र बागमतीबाट एमाले फिर्ता भएपनि मधेश प्रदेशमा भने तत्काल सरकार फेरिने देखिँदैन । मधेशमा दुई दललाई अरूको पनि साथ चाहिन्छ । यस्तै कोशी, गण्डकी र कर्णालीको नेतृत्व पनि परिवर्तन नहुने अवस्था छ । कोशीमा एमालेका हिक्मत कार्की, कर्णालीमा यामलाल कँडेल र गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन्, त्यहाँ एमालेले सघाएपछि सरकार जोगिन्छ ।
केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । बिहीबार समर्थन फिर्ता लिएको एमालेले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई पनि फिर्ता बोलाएर समर्थन फिर्ता लिएको हो । योसँगै मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीको सचिवालयमा राजीनामा–पत्र बुझाएका थिए । आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिलामन्त्री हीरा सार्की र वन, वातावरण तथा सहकारीमन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका हुन् । उनीहरू गत २८ जेठमा मन्त्री नियुक्त भएका थिए । विनाविभागीयमन्त्रीको शपथ लिएका सार्की र थापाले चार दिनअघि मात्र मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले ९ साउनभित्र विश्वासको मत लिनुपर्ने थियो । जसपा नेपालकी सांसद अम्बिका काफ्लेले असार ९ मा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा विश्वासको मत लिने तयारीमा थिए । केन्द्रमा गठबन्धन नै फेरिएर बिहीबार एमाले लुम्बिनी सरकारबाट बाहिरिनुको साथै समर्थन फिर्ता लिएको छ । महरा मन्त्रिपरिषदमा एमालेका पाँच मन्त्री थिए ।
लुम्बिनी र बागमती प्रदेशमा माओवादीको नेतृत्व थियो । यी दुई प्रदेशबाट मुख्यमन्त्री गएपछि अरु कुनै पनि प्रदेशमा उसको उपस्थिति नरहने देखिएको छ । मधेशमा पनि माओवादी प्रतिपक्षमा जानुपर्नेछ । यसैले केन्द्रसहित सबै प्रदेशमा अब माओवादीको शून्यकै अवस्थामा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार