नियुक्तिका लागि अन्तरिम आदेश भए सन्तोष र मुक्तिनाथ मध्ये एकजना बन्नेछन् धितोपत्रको अध्यक्ष
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १२:१:४७
२१ असार, काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति विवाद सम्बन्धी रिटमा सुनुवाइ हुँदैछ । यो रिट न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा परेको छ । अध्यक्ष नियुक्तिका लागि अन्तरिम आदेश भएमा धितो पत्र बोर्डको अध्यक्ष छनोट समितिले गरेको सर्टलिस्टमा परी कार्यपत्र समेत प्रस्तुत गरिसकेका मध्येबाट एक जनाको अध्यक्षमा नियुक्ति हुनेछ ।
अध्यक्ष छनोटको प्रक्रिया रद्द भएपछि असार १७ गते अध्यक्षका आकांक्षी मध्येका सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आज अन्तरिम आदेश प्रयोजनका लागि दुवै पक्षलाई डाकिएको छ । आज हुने आदेशअनुसार अध्यक्ष नियुक्तिका लागि पुनः प्रक्रियामा जानेकी अन्तर्वार्तामा सहभागी मध्येबाट बनाउने भन्ने टुंगो लाग्नेछ ।
अध्यक्ष नियुक्तिका लागि अन्तरिम आदेश भएमा धितो पत्र बोर्डको अध्यक्ष छनोट समितिले गरेको सर्टलिस्टमा परी कार्यपत्र समेत प्रस्तुत गरिसकेका सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मध्येबाट एक अध्यक्ष नियुक्ति हुनेछ । यसअघि छनोट समितिले पाँच जनाको सर्टलिस्ट गरेकोमा तीन जना कार्यपत्र प्रस्तुति र अन्तर्वार्तामा अनुपस्थित भएका थिए ।
कम्तीमा तीन जना समितिले सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था देखाएर नियुक्ति प्रक्रिया रद्द गरिएको थियो । त्यसविरुद्ध सर्टलिस्टमा परेर कार्यपत्र र कार्ययोजना समेत प्रस्तुत गरेका श्रेष्ठ रिट लिएर सर्वोच्च पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार