एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई वालिङमाले गर्यो पुरस्कृत
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १२:१७:३३
२१ असार, स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सामुदायीक तथा निजी विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने तिन÷तिन जना विद्यार्थीलाई बुधबार एक कार्यक्रमका विच नगरपालिकामा सम्मान गरिएको हो ।
नगरपालिकाले सामुदायीक विद्यालय तर्फ प्रथम हुने पूर्णामृत भवानी माध्यमिक विद्यालयका दिप्सन न्यौपानेले ३.९२ जीपीए ल्याएर सामुदायीक विद्यालय तर्फ प्रथम भएका उनलाई १५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र, सोही विद्यालयका दुर्गावहादुर क्षेत्रीले ३.७७ जीपीए ल्याएर दित्तिय भएका थिए उनलाई १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र रणविर जनहित माध्यमिक विद्यालयका विटुकुमार यादवले ३.७४ ल्याएर तितृय पुरस्कार नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
नीजि विद्यालय तर्फ नेपाल आदर्श माध्यमिक विद्यालयका दुर्गादेवी रेग्मी र पिस जोन इन्ट्रिग्रेटेड ऐकेडेमीका समिर सिंहले ३.९२ जीपीए ल्याएर दुवैजना प्रथम स्थान हासिल गरेका उनीहरुलाई १५ हजार नगद सहित प्रमाणपत्र, वालविद्या विकाश माध्यमिक विद्यालयका दिविशा खनालले ३.८५ जीपीए ल्याएर दित्तिय भएकी उनलाई १० हजार नगद सहित प्रमाणपत्र र पायोनियर हायर एजुकेसन एकेडेमीका सुजता श्रेष्ठले ३.८४ जीपीए ल्याएर तृतीय स्थान हासिल गरेकी उनलाई नगद ५ हजार सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
नगरपालिकाले गतवर्ष २०७९ मा सामुदायीक तर्फ पूर्णामृत भवानी माध्यमिक विद्यालयका ३.८ जीपीए ल्याएका समिक्षा भुषाल र राजीव पंगेनी र संस्थागत विद्यालय तर्फ पिस जोन इन्ट्रिग्रेटेडका संगिता भुषालले ४ जीपीए ल्याएर उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा उनीहरुलाई समेत नगद सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
सामुदायिक तथा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्ने नीति लिएको वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले जानकारी दिइन् । तिवारीले सम्मान कार्यक्रममा यसवर्ष एसईई परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।
नगरपालिकाको शैक्षिक गुणस्तर खस्कदै गएको प्रति चिन्ता व्यक्त गर्दै उपप्रमुख तिवारीले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले सरकारको लगानी अनुरूप नतिजा सुधार्न आग्रह गरिन् । शिक्षा क्षेत्रमा नगरपालिकाले सिटिईभिटी थुमपोखरामा अध्यायन गर्न चाहने विद्याथीहरु १४ जनालाई नगरपालिकाले निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिइन ।
वालिङ नगरपालिकावाट शैक्षिक सत्र २०८० सामुदायीक तथा संस्थागत गरी २६ विद्यालयबाट कुल ८ सय २३ विद्यार्थीले एसईई परीक्षामा सहभागी भएका थिए । जस मध्ये ४ सय १८ जना पास भएका थिए । यि मध्ये भुम्रे माध्यमिक विद्यालयबाट ३४ जनाले परीक्षा दिएकामा ३४ जना अनुत्तीर्ण भएपछि शून्य नतिजा ल्याएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
दमक व्यापारिक कम्प्लेक्स
मंसिर २३, २०८१ आइतबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार