सहकारी ठगी सम्बन्धका कारवाही बारे प्रहरी प्रमुख र गृहसचिवसँग संसदीय समितिले लियो जानकारी
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार १२:२४:५५
२१ असार, काठमाडौं । देशभरका सहकारी संस्थाबाट भएको बचत दुरुपयोग र ठगीका सम्बन्धमा भइरहेको काम कारबाहीका विषयमा शुक्रबार संसदीय छानबिन विशेष समितिले गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको छ ।
सहकारीबाट परेका उजुरीको अवस्था, सीआईबीले गरिरहेको अनुसन्धान र आगामी रणनीतिका विषयमा समितिले जानकारी लिएको हो । सहकारीको बचत ठगीका विषयमा आएका उजुरीलगायतका केन्द्रित रहेर समितिले उनीहरूसँग सोधपुछ गरेको जानकारी दिएको छ । समितिले गृह सचिव र आइजीपीलाई शुक्रबारको बैठकमा उपस्थित हुन बिहीबार आग्रह गरेको थियो ।
संसदीय समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकहरूलाई पनि समितिमा उपस्थित हुन आग्रह गरेको छ । सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै नेपाली कांग्रेसले सदनमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार